१४ आश्विन २०८१, सोमबार
,
Latest
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोह पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं गगाँहिटीका स्थानीय ४० वर्षीय मिलन जोशी र दोलखा माटीका ३५ वर्षीय रबिन्द्र बस्नेत रहेका छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले मित्रपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । 

काठमाडौंको पानीपोखरीमा रहेको युनिभर्सल इन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई उनीहरुले हामीहरु यस एरियाका ‘दादा’ हौं, हामीहरुलाई मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकममध्ये प्रतिव्यक्ति २५ हजारका दरले कमिशन दिनुपर्छ नत्र मेनपावर चल्न दिदैनौँ भन्दै हालसम्म ९० लाख २५ हजार रकम लिएको खुल्नमा आएको छ । 

यसका साथै आरोपी दुई अभियुक्त गत बिहीबार मेनपावर गई सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरुलाई ज्यान मार्ने धम्की दिई थप रकम माग्दा सञ्चालकले रकम दिन सक्दिन भन्दा हातपात समेत गरेको प्रहरीले जनाएको छ । 

उक्त सुचनाको आधारमा महाशाखाको टोलीले जोशी र बस्नेतलाई आइतबार ३ बजे पक्राउ गरि आपराधिक लाभ लिएको कसुर मुद्धामा महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको महाशाखाले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरेको जनाएको छ ।