काठमाडौं ।नेपाली कांग्रेसको चार दिन पछि सुरु हुने १४ औ महाधिवेसनमा सभापतिको साझा उम्मेदावार तय गर्न नसकेको सस्थापन इतर समूहको आज पनि छलफलमा जुट्दै छन् । केही दिन देखी निरन्तर छलफलमा रहेका सभापतिका आकाक्षीहरु बीच दिउसो छलफल गर्न लागेका हुन् ।
६ ओटा प्रदेशको परिणाम आईसकेकाले त्यसको समिक्षा र आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने दिउसाे एक बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उनिहरु छलफलमा जुट्न लागेका हुन् ।
सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो । तीनै जनाले आफूलाई समर्थन गर्न आग्रह गरेपछि सो समूहले उम्मेदबार तय गर्न सकेको छैन । प्रत्यासीहरु बीच सहमति नभए आफूलाई समर्थन गर्न रामचन्द्र पौडेलले आग्रह गर्दे आउनु भएको छ ।
उता नेता प्रकाशमान सिंहले पुतलीसडकस्थित एक पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय खोलेर कार्यकर्ताहरु संग छलफल थाल्नु भएको छ ।