१४ आश्विन २०८१, सोमबार
,
Latest
पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन् टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायधीश हटाउन सहयोग माग्दै बार टोली, ओली निवास बालकोट जाँदै



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीशको चोलेन्द्र शमशेर जबरालाई सडकबाटै हटाउने अभियानका साथ आन्दोलनमा उत्रिएको नेपाल बारले राजनीतिक दलको सहयोग खोज्ने क्रमलाई निरन्तरता दिएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपाल सहित अन्यदलका शिर्षनेतालाई भेटेका बारका पदाधिकारीहरुले आज १२ः३० बजे एमाले अध्यक्ष केपी ओलीसंग भेट गर्दै छन् ।

बारका महासचिव लिलामणी पौडेलले न्यूजपोलारसंग भन्नुभयो, 'न्यायलयभित्रको समस्याका बारेमा प्रमुख प्रतिपक्षदलका नेता ओलीलाई १२ः३० बजे भेट्दैछौँ । अहिलेसम्मको अवस्थाका बारेमा जानकारी गराउछौँ ।' यस अघि बारसंगको भेटमा प्रधानमन्त्री देउवाले राणालाई हटाउने बारे कुनै ठोस र सकारात्मक जवाफ नदिएपछि बारको टोली अलमलमा परेको थियो ।

उता दाहाल र नेपालले भने राणालाई हटाउन आफूहरुले सहयोग गर्ने बचन दिएका थिए । महाअभियोग बाहेक अन्य बिकल्पबाट राणा हटाउन नसक्ने अवस्था भएपछि संसदको सहयोग खोज्दै बार टोली ओलीकोमा पुग्न लागेको हो । न्यायलयको विषयमा एमाले अध्यक्ष ओलीले प्रधानन्यायधीशले मात्र राजीनामा दिएर समस्याको समाधान नहुने भन्दै परामादेश जारी गर्ने पाँच न्यायधीशले नै राजीनामा दिनुपर्ने दृष्टिकोण राख्दै आउनु भएको छ ।