२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महंगो कारसँगै रोनाल्डोको होटल मोह



अ+ अ-

काठमाडौं । क्रिस्टियानो रोनाल्डो फुटबल खेलमा मात्र व्यस्त छैनन् । फरक काम गरेर चर्चामा आउने गरेका छन् । यसको पछिल्लो उदाहरण हो, महंगो किनेसँगै पाँच तारे होटल खोल्ने तयारी ।

अघिल्लो साता संसारकै महंगो कार किनेर चर्चामा रहेका रोनाल्डो अहिले फ्रान्सको पेरिसमा पाँच तारे होटल खोल्ने तयारीमा छन् । पोर्चुगिज स्टार रोनाल्डोले आफ्नै नामबाट सिआर–७ ब्रान्डको होटल खोल्न लागेका हुन् । रोनाल्डोको यो छैटौ होटल हो ।

यसअघि पनि रोनाल्डोले सुविधा सम्पन्न पाँच तारे र चार तारे ब्रान्डका होटल खेलेका थिए । रोनाल्डोले पोर्चुगिज होटल समूह पेस्टानासँगको साझेदारीमा सिआर–७ ब्रान्डको नयाँ होटल खोल्न लागेका हुन् । यस होटल पेरिस सहरको गौचे नदी नजिकै बन्ने छ । सबैभन्दा ठूलो बन्ने दावी गरिएको यस होटलमा दुई सय १० कोठाको हुनेछन् ।

उक्त होटल सन् २०२१ मा तयार भई सञ्चालनमा ल्याइने बताइएको छ । अघिल्लो साता मात्र रोनाल्डो संसारकै सबैभन्दा महंगो कार किनेर चर्चामा आएका थिए । उनले बुगाती कम्पनीको ुबुगाती ला वोइतुर नोइरेु कार किनेका थिए । उक्त कारको मूल्य ८६ करोड भारतीय रुपैयाँ रहेको थियो । बन्दै गरेको रोनाल्डोको कार पनि सन् २०२१ मा मात्रै तयार हुनेछ । संयोगवस एकै वर्ष रोनाल्डोले आफ्नो ठूलो होटल र महंगो कारको प्रयोग गर्नेछन् ।