२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा २२५ पोका रगत सङ्कलन बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ त्रिशूली–३ बीको सुरुङमा हराइरहेकाको खोजी गर्न माग गर्दै माइतीघरमा धर्ना तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी आजबाट ३८ वर्षमा प्रवेश, पोर्नस्टारले बलिउड स्टार बनायो



अ+ अ-

बलिउड नायिका सन्नी लियोनी आजबाट ३८ वर्षमा प्रवेश गरेकी छिन् । एडल्ट चलचित्रमा काम गरेर चर्चामा आएकी सन्नीले बलिउड चलचित्रमा पनि राम्रो स्थान बनाएकी छिन् ।

यसरी भयो उनको यात्रा तय

सन्नीको नाम उनका मातापिताले करनजित कौर राखेका थिए । सन्नी लियोनी सामान्य परिवारमा जन्मिएकी थिइन् । सन्नीका बुबा पन्जाबी थिए । आमा भने हिमाञ्चल प्रदेश रिमौरीकी थिइन् । सन्नी १३ वर्षको हुदाँ उनको परिवार अमेरिका बसाई सरेको थियो । जब सन्नी १९ वर्षकी थिइन्, त्यो समय उनले जागिर सुरु गरेकी थिइन् । ‘सन्नी लियोनी’ भनेर उनका भाइले नामाकरण गरेका थिए । हाल उनी अमेरिकामा कुकको काम गरिरहेका छन् ।

सन्नीले सन् २०१३ मा पेन्टाहाउसमा ‘पेट अफ द इयर’ को उपाधि जितेपछि अमेकिरामा उनको फ्यान फलोइङ ह्वात्तै बढेको थियो । फ्यानहरु उनको अटोग्राफ लिन र तस्वीर संकलन गर्न आतुर थिए । तर धेरैको पहुँच थिएन । यस्तोमा सन्दिपले आफ्नी दिदीको अर्धनग्न र नग्न फोटोमा अटोग्राफ लिएर साथीभाईहरुमार्फत बजारमा बेच्ने गरेका थिए । उनी एउटा फोटोबाट ४०–५० डलरसम्म कमाउँथे ।

सन्नीले पहिलो पटक न्यूड फोटोसेसन गराउँदा सन्दिप त्यहाँ उपस्थित थिए । दिदीको यस कार्यमा उनले कुनै आपत्ति जनाएनन् बरु साथ दिए । पेन्टहाउस म्यागजीनका लागि सो फोटोसेसन भएको थियो ।

त्यतिबेला सन्नीको नाम करणजित नै थियो । निर्देशकले फोटोअनुसार नाम नसुहाएको भन्दै बदल्न सुझाव दिए । र, सन्दिपले नै सन्नी लियोनी नाम सुझाए । एक प्रख्यात इटालियन निर्देशक सर्जियो लियोनीको थर उनले दिदीका लागि प्रयोग गरेका थिए । यो नाम सन्नीलाई निकै फाप्यो र उनी पोर्न इन्डष्ट्रीमा चर्चित बनिन् ।

बलिउड यात्रा
जास्मिन–२’ बाट बलिउडमा आएकी बलिउड अभिनेत्री सन्नी लियोनले ‘ज्याकपट’, ‘रजनी एसएमएस’, ‘तेरा इन्तजार’ आदिबाट फ्यानको मन जितेकी छिन् । अहिले विभिन्न ब्राण्डको विज्ञापनमा पनि उनको उपस्थिती बाक्लो छ । अझ कुनै समय चलचित्रको आइटम गीतमा त सन्नी पहिलो रोजाई बन्ने गर्थिन् ।