२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा पछिल्लो अवस्थाबारे जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।

अवलोकनका क्रममा राष्ट्रपति पौडेलले नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालासँग भेट गरी बाढीपछिको अवस्थाबारे जानकारी लिएका थिए।

सो अवसरमा राष्ट्रपति पौडेललाई बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्य, राहत वितरणको अवस्था, होल्डिङ सेन्टरको सञ्चालन तथा प्रभावित क्षेत्रको पुनरुत्थानका लागि भइरहेका प्रयासबारे जानकारी गराइएको थियो।

राष्ट्रपतिले विपद्पछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका कामबारे जानकारी लिँदै आवश्यक समन्वय र प्रभावकारी व्यवस्थापनमा जोड दिएका छन्।