१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी जोङपछि डी लिट ताक्दै बार्सिलोना



अ+ अ-

काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाले डच क्लब आयाक्सका कप्तान म्याथिज डी लिटलाई अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ । च्याम्पियन्स लिगमा सानदार प्रदर्शन गरेका १९ वर्षीय रक्षक डी लिट बार्सिलोनाको नजरमा परेका थिए ।

बार्सिलोनाले भर्खर मात्र आयाक्सका अर्का युवा मिडफिल्डर फ्रान्की डी जोङलाई ७५ मिलियन युरोमा अनुबन्धन गरिसकेको छ । बार्सिलोना अहिले स्टार र युवा खेलाडीलाई टोलीमा समावेश गर्न लागि परेको छ । जसका कारण युवा खेलाडीले भरिएको आयाक्स बार्सिलोनाको नजरमा परेको हो ।

बार्सिलोनाले डी लिट अनुबन्धनको घोषणा छिट्टै गर्ने बताइएको छ । डी लिटमाथि प्रिमियर लिग क्लब लिभरपुल, म्यानचेस्टर युनाइटेड र इटालियन महारथि युभेन्टसले पनि आँखा लगाइ रहेका छन् । तर बार्सिलोनाले डी लिटसँग सम्झौता नजिक पुगेको समाचार बाहिरिएको छ । आयाक्सले च्याम्पियन्स लिगमा रियल म्याड्रिड र युभेन्ट्स जस्ता क्लबलाई हराएर सेमिफाइनलमा पुगेको थियो ।

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएपछि टोलीका पूराना खेलाडी बेचेर नयाँ र युवा खेलाडीको जमघट गराउन चाहिरहेको छ । त्यसैले बार्सिलोना आगामी दिनमा युवा र शसक्त टोलीको रुपमा प्रभाव जमाइ रहन चाहन्छ ।