३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा एटीएम रुम भित्रै नसाको तालमा युवतीमाथि…..



अ+ अ-

काठमाडौं । भारतको मुम्बईमा युवतीमाथि एक व्यक्तिले एटीएम रुम भित्र यौन उत्पीडन गरेका छन् । युवती मध्यराति ढाई बजे एक म्यूजिक शोबाट आफ्नो घर फर्किरहेकी थिइन् ।

घर नजिकै पुग्ने क्रममा उनी अटोरिक्साको पैसा दिनका लागि एटीएम गएकी थिइन् । ती युवतीले यो घटनाबारे आफ्नो ट्विटर र ईन्स्टाग्राममा लेखेकी छन् । उनले भनेकी छन् यो घटना मेरो बर्थडेका दिन घटेको थियो । मध्यरातमा युवतीको एटीएमले काम गरेन । त्यहीबेला एटीएममा एक व्यक्ति आए र उनले मद्दत गर्ने बताए । ती युवतीले उनको मद्दत इन्कार गरिन् ।

अटो चालकले आफ्नो भाडा नपाएपछि सामान्य विवाद भयो । प्रहरी आयो । युवतीले आफ्नो कुरा प्रहरीलाई भनिन् ।

यसपछि युवती फेरि रकम निस्कने आशामा एटीएम भित्र गइन् । दोस्रो पटक पैसा निकाल्ने प्रयास गरिरहेका बेला ती व्यक्ति युवतीलाई पछ्याउदै फेरि एटीएम भित्र छिरे र युवतीमाथि यौन उत्पीडन गर्न थाले ।

युवती च्याईन र मोबाइल फोन झिकेर भिडियो बनाउन थालिन् । भिडियो बनाउन थालेको थाहा पाएपछि युवकले सुईकुच्चा ठोके ।

युवतीले नजिकैको प्रहरीलाई खबर गरिन् । प्रहरीले पिछा गरेर युवकलाई पक्राउ गर्यो । पक्राउ परेका युवक सन्दीप दीप कुम्भरकर हुन् । उनले रक्सीको नशामा आफूले यो कुकृत्य गरेको स्वीकार गरेका छन् ।