६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यान बार्सिलोना जाने सम्भावना, एथ्लेटिको मड्रिड छोड्ने



अ+ अ-

काठमाडौं । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् । उनले समाजिक सञ्जाल ट्वीटरमा भिडियो पोस्ट गरेर भनेका छन्, ‘यो क्लबमा बिताएका पाँच वर्ष उत्कृष्ट रहे । सबथोकका लागि धन्यबाद ।’

उनले आफ्ना समर्थकहरुलाई अहिलेको लागि एथ्लेटिको मड्रिड छाड्ने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मलाई जहिले असीमित माया दिएका समर्थकहरुलाई यो जानकारी दिन चाहन्छु कि अहिलेका लागि यो क्लब छोड्दैछु, अरु चिजहरु हेर्नका लागि र अरु चुनातीहरु सामना गर्नका लागि ।’

ग्रिजमनले एथ्लेटि छाड्ने भएसँगै बार्सिलपोनाले जाने सम्भावना रहेको छ । उनलाई बार्सिलोनाले अनुबन्धन गर्ने प्रस्ताव अगाडी सारेको छ । एटलेटिकोले बार्सिलोनाको प्रस्ताव स्वीकार गरे २८ वर्षीय ग्रिजमन १ जुलाईमा बार्सिलोना प्रस्थान गर्नेछन् ।

ग्रिजम्यानलाई भित्र्याउनका लागि बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई कम्तिमा १२० मिलियन युरो तिर्नु पर्छ । उनलाई गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

ग्रिजम्यानले अहिलेसम्म एथ्लेटिकोका लागि २५६ खेलमा १३३ गोल गरेका छन् । यो अवधिमा उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप जितेका छन् । उनी पछिल्ला पाँच सिजन क्लबका सर्वाधिक गोलकर्ता हुन् ।