६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पकिस्तानविरुद्ध इङ्ल्यान्डको सानदार जित



अ+ अ-

काठमाडौं । पकिस्तानविरुद्धको तेस्रो वान डे खेलमा इङ्ल्यान्डले सानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हरायो । यस जितसँगै पाँच ओडीआई सिरिजमा इङ्ल्यान्डले २-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दोस्रो खेलमा इङ्ल्यान्ड १२ रनले विजयी भएको थियो । चौथो खेल आगमी शुक्रबार हुनेछ ।

तीन सय ५९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४४.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा ओपनर जोनी बेयरस्टोले एक सय २८ रनको शतकीय पर्दशन गरे । ९३ बलमा उक्त रन जोडेका जोनीले १५ चौका र पाँच छक्का हानेका थिए ।

अर्का ओपनर जोसन रोएले ७६ रन बनाए । मोइन अली ४६, जो रुटले ४३, बेन स्टोक्स ३७ र कप्तान ओइन मोर्गनले अविजित १७ रन बनाए । पाकिस्तानका जुनदै खान, फहिम असरार्फ र इमाद वासिमले एक एक विकेट लिए ।

यसअघि ब्रिस्टलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ५८ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले एक सय ५१ रनको सानदार प्रदर्शन गरे । उल हकले आफ्नो ओडीआई करियरकै उत्कृष्ट रन र छैटौं शतक पूरा गरेपनि टोलीलाई जिताउन सकेनन् । उनले एक सय ३१ बलमा १६ चौका र एक छक्का प्रहार गरेका थिए ।

आशिफ अलीले ५२, ह्यारिस सोहेले ४१, सरफराज अहमिदले २७, ईमाद वासिमले २२, हसन अलीले अविजित १८ र बाबर आजमले १५ रन बनाए । इङ्ल्यान्डका क्रिस वोक्सले चार विकेट लिए । टम करनले दुई तथा डेविड विल्ली र लियाम प्लन्केटले एक एक विकेट लिएका थिए ।