२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्राइडे रिलिज : ‘जात्रै जात्रा’ र ‘बीर विक्रम- २ ’



अ+ अ-

फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारबाट अपेक्षाकृत २ चलचित्र ‘जात्रै जात्रा’ र बीर विक्रम २ प्रदर्शनमा आएका छन् ।

चलचित्र ‘जात्रै जात्रा’मा सुन पचाउन गर्नुपरेको संर्घषलाई देखाइएको छ । षट्कोण आर्टको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् ।

‘जात्रै जात्रा’मा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ ।

चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजनथापा मगर, प्रियंका झा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘बीर विक्रम’ मिलन चाम्सको निर्देशनमा तयार भएको हो ।

प्रदीप भारद्धाजको कथामा बनेको चलचित्रका छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको चलचित्रमामा पल शाह, नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।