६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानसँग टिक्न सकेन पाकिस्तान, ३ विकेटले पराजित



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेलमा पाकिस्तान अफगानिस्तानसँग पारजित भएको छ । शुक्रबार ब्रिस्टोलमा भएको खेलमा पाकिस्तान तीन विकेटले पराजित भएको हो ।

पाकिस्थानले दिएको दुई सय ६३ रनको सामाना गर्दै अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्दै पाकिस्तानलाई तीन विकेटले हराएको हो ।

टस हारेर फिल्डिंग गरेको अफगानिस्तानको जितमा हाम्सतउल्लाह शहिदिले अविजित ७३ रन बनाए । त्यस्तै हजरत उल्लाह जाजईले ४९, मोहमद नाबीले ३४ र रहमत साहले ३२ रन बनाए । बलिङमा पाकिस्तानका वहाब रियाजले तीन र इमाद वासिमले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले एक सय १२ रनको शतकीय इनिङ खेले पनि टोली हारबाट जोगिएन । सोयब मल्लिकले ४४र इमाम उल हकले ३२ रन बनाए । अफगानिस्तानका लागि मोहमद नाबीले तीन विकेट लिएका थिए । त्यस्तै राशिद खान र डलट जाड्रनले दुई दुई विकेट लिएका थिए ।