१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलेन मेस्सीको जाँदु, भ्यालेन्सिया बन्यो ‘कोपा डेल रे च्याम्पियन’



अ+ अ-

काठमाडौं कोपा डेल रे फुटबलको उपाधि भ्यालेन्सियाले जितेको छ । बार्सिलोनालाई २-१ले पराजित गर्दै आइतबार बिहान उपाधि हात पारेको हो ।

भ्यालेन्सियाको जितमा फ्रिन्च फरवार्ड केविन गेमियो सुरुमै अग्रता दिलाएका थिए । उनले खेलेको २१ औँ मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएको थियो । २६ सुट पाएको बार्सिलोनाले ६ ओटा गोल हुनै लागेका सुट गुमाएपछि पहिलो हाफमा भ्यालेन्सियाको अग्रता कायमै रहेको थियो ।

खेलेको ३३ औँ मिनेटमा भ्यालेन्सियाकै रोड्रिगोले हेडिंग मार्फत गोल गरेपछि भ्यालेन्सियाले दोब्बर अग्रता बनाएको थियो । ७३ औँ मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फिर्ता गरेपछि १ गालान्तरले नै भ्यालेन्सियाले जित हात पारेको हो ।