२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तानको जिम्मेवारीबाट हटाईए नेइमार



अ+ अ-

काठमाडौं । ब्राजिल टोलीको कप्तानबाट नेइमारलाई हटाइएको छ । कोपा अमेरिका कपको तयारीमा रहेको ब्राजिलका प्रशिक्षक टिटेले रक्षक ड्याली आल्भेसलाई कप्तानको जिम्मेवारी दिएका छन् ।

प्रशिक्षणकै क्रममा मंगलबार राति नेइमार घाइते समेत भएका छन् । उनको घुँडामा चोट लागेको छ । सामान्य चोट लागेका नेइमार जुन १४ बाट सुरु हुने कोपा अमेरिका कप खेल्ने सक्ने बताईएको छ ।

रुस विश्वकपमा टोलीको कप्तान रहेका नेइमारले त्यसपछि मैदानमा अनुशासनहिन कार्य गर्दै आएको भन्दै प्रशिक्षक टिटेले उनलाई हटाएका हुन् । नेइमार र आल्भेस दुवै पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्छन् ।

आल्भेसले यसअघि पनि ब्राजीलको कप्तानी गरेका थिए । कोपा अमेरिकामा ब्राजील समूह ‘ए’ मा परेको छ । यस समूहमा ब्राजिलसँगै बोलिभिया, भेनेजुएला र पेरु छन् । कोपा अघि ब्राजिलले कतार र होन्डुरससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।