१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋणको भाका सार्न आफ्नै पसलमा चोरीको नाटक



अ+ अ-

हेटौंडा । बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा घिमिरेले गत जेठ ११ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट रु तीन लाख १२ हजार नगदसहित रु ३२ लाख ९३ हजार २८४ मूल्य बराबरको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सामग्री हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

तर, अनुसन्धानका क्रममा घिमिरेको दाबी पुष्टि हुने कुनै प्रमाण भेटिएन ।

प्रहरीका अनुसार ८ गते नै काठमाडौंबाट आएको भनिएको ३१ बोरा वाइरिङको तार चोरी भएको भनिए पनि डेलिभरी स्टकमा केही उल्लेख थिएन ।

उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शङ्का लागेपछि प्रहरीले उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्राविधिक पक्षबाट अनुसन्धान गर्दै जाँदा प्रहरीले हेटौंडाको पारिजात पथमा रहेको देवेन्द्र सापकोटाको घरमा रहेको कोठामा चोरी भएको भनिएको एलइडी बत्ती ११ कार्टुन, स्वीच ९ कार्टुन र सिलिङ पंखा ४ कार्टुन भेटिएको थियो । त्यहाँ घिमिरे आफैंले ती सामान लगेको देखिएको प्रहरीको भनाइ छ ।

अनुसन्धानका क्रममा घिमिरेले चोरी हुनु केही दिनअघि मात्र सिद्धार्थ इन्स्यूरेन्स लिमिटेडमा पसलको विमा गरिएको खुलेको थियो । जुन दाबी गर्नसमेत घिमिरेले चोरीको नाटक गरेको देखिएको प्रहरीले जनाएको छ ।

बैंकले रु ५० लाख ऋण तिर्नका लागि निरन्तर ताकेता गरेपछि उनले यस्तो योजना बनाएको खुल्न आएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । उनलाई आजदेखि म्याद थप गरी थप अनुसन्धान गर्ने र कानूनबमोजिम कारवाहीको तयारीसमेत गर्ने प्रहरीको भनाइ छ ।




भर्खरै