काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गरेको पाकिस्तानले १०५ रनमा नै सबै विकेट गुमाएको छ । वेस्ट इन्डिजको बलिङसामु कमजोर देखिएको पाकिस्तान २१.४ ओभरमा नै अलआउट भएको हो ।
टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पाकिस्तानले तेस्रो ओभरमा पहिलो विकेट गुमाएको थियो । ओपनर इमाम उल हक दुई रन बनाउँदा आउट भएदेखि नै पाकिस्तानी टीम सम्हालिन सकेन ।
७० रन बनाउँदै महत्वपूर्ण चार विकेट गुमाएको पाकिस्तानले फखर जमान २२ रन, इमामउल हक २ रन, हरिस सोहेल ८ रन र बाबर आजम २२ रन बनाएर आउट भए ।
फखर र हरिसलाई आन्द्रे रसेलले पवेलियन फर्काए । यस्तै, इमामलाई सेल्ड्रोन केट्रोलले र बाबरलाई ओसेन थोमसले आउट गर्न सफल भए ।
वेस्ट इन्डिजका ज्यासन होल्डरले ३, ओशेन थोमसले ४, एन्ड्रे रसेलले २ साथै सेल्डन कोटरेलले १ विकेट लिए ।
केहीबेरमा १०६ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजको ब्याटिङ सुरु हुनेछ ।
पाकिस्तान प्लेइङ इलाभेन
सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, हसन अलि, वाहव रियाज ।
वेष्ट इन्डिज प्लेइङ इलाभेन
ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस ।