१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद विकास कोषको ६ करोड कांग्रेसले नस्वीकार्ने : छाया अर्थमन्त्री



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध गरेको छ ।

सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु भएको थियो । स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको भन्दै कांग्रेसले अहिले आवश्यक नभएको बताए ।

पार्टी कार्यालय सानेपामा सरकारले हालै ल्याएको बजेटबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा काँग्रेस नेता तथा छाया सरकारका अर्थमन्त्री समेत रहेका डा. मिनेन्द्र रिजालले यसवारे पार्टीले चाडै निर्णय गर्ने बताए । काँग्रेसमा बजेटमा सांसद विकास कोष अन्र्तगत छुट्याइएको रकम लिन नहुने मत बढ्दै गएको छ ।

जेठ १६ गते काँग्रेस संसदीय दलले विज्ञहरुसँग गरेको छलफलमा समेत उक्त रकम नलिन सुझाव दिएका थिए । शुक्रबारको पत्रकार सम्मेलनमा पनि छाया अर्थमन्त्री रिजालले यसवारे चाडै निर्णय गर्ने भन्दै सो रकम अस्वीकार गर्ने संकेत गरेका हुन् ।

कांग्रेसले विरोध मात्र गर्छ कि ६ करोड लिन्न पनि भन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘तपाईहरुले जिज्ञासा राख्नु, सुझाव दिनु उचित हो । हेर्दै जानुस् अगाडि कसरी जान्छ ।’

रिजालले सरकारले ल्याएको बजेट वितरणमुखी भएको आरोप समेत लगाए । ‘५ वर्षका लागि आएको सरकारबाट वितरणमुखी बजेटको अपेक्षा थिएन । दुई तिहाईको तागत भएको सरकार, जसले अर्को तीन वटा वजेट ल्याउँछु भनेको छ । त्यो सरकारले भन्न सक्नुपथ्र्यो, यो वर्ष पेट बाँध्नुस्’ नेता रिजालको भनाई थियो ।




भर्खरै