२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको हारपछि प्रशिक्षकको रहस्यमयी निधन



अ+ अ-

काठमाडौं। सन् २००७ को विश्वकप वेस्ट इन्डिजमा आयोजना भएको थियो । त्यति बेला पाकिस्तानी टोलीका प्रशिक्षक थिए, बब उल्मर । कुनै समय उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका खेलाडी र दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका प्रशिक्षक पनि थिए । तर, सन् २००७ को विश्वकपका क्रममा उनको दुःखद निधन भयो । उनको रहस्यमयी निधनले लामो समयसम्म विश्व क्रिकेटलाई तताएको थियो ।

मार्च १७ मा पाकिस्तान र आयरल्यान्डबीचको खेल थियो । उक्त खेलमा पाकिस्तानी टोली अप्रत्याशित रूपमा आयरल्यान्डसँग डकवर्थ एन्ड लेविस नियमका आधारमा तीन विकेटले पराजित हुन पुग्यो । सोही कारणले पाकिस्तान विश्वकपको उपाधि होडबाट बाहिरिन पुग्यो । त्यो हारले पाकिस्तानी क्रिकेटमा ठूलै खैलाबैला मच्चायो । पाकिस्तानी खेलाडी र पदाधिकारीहरूले हारको दोष प्रशिक्षक बब उल्मरमाथि थोपरे ।

अन्नपुर्णमा समाचार छापिएको छ । विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी टोलीभित्रै असहज स्थिति सिर्जना भएको थियो । संयोगले पाकिस्तानी टोली विश्वकपबाट बाहिरिएको केही समयपछि नै मार्च १८ मा जमैकास्थित आफू बसेको होटलमा प्रशिक्षक बब उल्मरको रहस्यमयी तरिकाले निधन भयो । उनको मृत्यु शंकाको घेरामा पर्यो । प्रशिक्षक बब उल्मरलाई विष दिएर मारिएको आरोप लगाउनेको जमात पनि निकै ठूलो थियो ।

मृत्यु हुनुअघि बब उल्मरले बान्ता पनि गरेका थिए । सोही कारणले जमैकन प्रहरीले उनको मृत्युको विषयमा अनुसन्धान सुरु गर्यो । विश्वकप सकिएको लामो समयसम्म पनि उनको मृत्युको विषयमा अनुसन्धान जारी रह्यो । निकै लामो अनुसन्धानपछि जमैकन प्रहरीले बब उल्मरको स्वाभाविक मृत्यु भएको र उनको निधनमा कसैको हात नरहेको निष्कर्ष निकालेको थियो ।