६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग फाइनलः लिभरपुल भर्सेस टोटनहम



अ+ अ-

काठमाडौं । यस सिजन दुई इंलिस टोली लिभरपुल र टोटनहमले च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरे । लिभरपुलले बार्सिलोनाविरुद्ध सानदार कमव्याक गर्दै फाइनलको यात्रा तय गरेको थियो भने आश मारिसकेको टोटनहमले पनि आयाक्सविरुद्ध सानदार कमव्याक गर्दै अवे गोलका आधारमा फाइनलको यात्रा तय गरेको थियो ।

बार्सिलोनाको घरेलु मैदानमा लिभरपुल तीन गोलले पछि परेको थियो । फुटबल समिक्षकहरुले पनि बार्सिलोनाले फाइनलको यात्रा सहज रुपमा गर्ने अनुमान गरेका थिए । तर, एनफिल्डमा लिभरपुलका खेलाडीहरुले उत्कृष्ट खेल खेले ।

बार्सिलोनाविरुद्ध घरेलु मैदानमा लिभरपुलले चार गोल फर्काउन सफल भयो । बार्सिलोनाले च्याम्पियन्स लिगका जित्ने सपनालाई लिभरपुलले तुहाइदिन पुग्यो ।

त्यस्तै घरेलु मैदानमा एक गोलले पछि परेको टोटनहम आयाक्सको मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएपछि तीन गोलले नै पछि परेको थियो । तर, दोस्रो हाफमा टोटनहमका लुकास मौराले ह्याट्रिक गरेपछि आयाक्स अवे गोलका आधारमा बाहिरिन पुग्यो ।

फाइनल खेलमा लिभरपुल र टोटनहममध्ये कसले जित्ला भन्ने अनुमान चलिराखेको छ । समिक्षकहरुका अनुसार टोटनहमभन्दा लिभरपुल धेरै बलियो टोली रहेको बताएका छन् । तर, फाइनल खेलमा जस्तोसुकै परिणाम आउन सक्ने उनीहरुको भनाइ रहेको छ ।

गएको सिजन पनि लिभरपुलले च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको थियो तर, फाइनलमा लिभरपुल रियल मड्रिडसँग ३–१ गोलले पराजित भएको थियो । यस सिजन पनि फाइनलको यात्रा तय गरेको लिभरपुलले निकै सुधारिएको खेल प्रदर्शन गरेको छ । डिफेन्स र गोलरक्षकमा ठुलो समस्या गएको सिजन देखिएको थियो ।

तर, यस सिजन सबै क्षेत्र बलियो रहेको समिक्षकहरुले बताएका छन् । यस सिजन प्रिमियर लिगमा लिभरपुलले दुवै पटक टोटनहमलाई पराजित गरेको थियो । यस सिजन लिभरपुलले प्रिमियर लिगमा एक खेल पनि हारेको थिएन । तर, टोटनहमले भने प्रिमियर लिगका पछिल्ला खेलहरुमा ठुलै समस्या झेलेको थियो ।

लिभरपुलले उपाधि जित्ने योभन्दा ठुलो अर्को मौका नभएको समेत समिक्षहरुले बताएका छन् । लिभरपुलका स्टार खेलाडीहरु माने, सलाह, एलिसन, रोबर्टसन,मिल्नर, आर्नवल्र्ड जस्ता खेलाडीहरु उच्च लयमा रहेका छन् । स्टार स्ट्राइकरबिनै खेलाडी बिनै लिभरपुलले बार्सिलोनालाई पराजित गरेको थियो । उता टोटनहमका ह्यारी केनले खेल खेल्न नसक्ने बताइएको छ । डिफेन्स लाइनमा समस्या देखिएको टोटनहमले लिभरपुललाई रोक्न कठिन हुने समेत अनुमान गरिएको छ ।