६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीका २ मन्त्री विवादमा, यस्तो छ कारण !



अ+ अ-

काठमाडौं । नरेन्द्र मोदीको नयाँ मन्त्रीमण्डलका दुईजना मन्त्रीको शैक्षिक योग्यतामाथि प्रश्न उठेको छ ।

मोदीको नयाँ मन्त्रीमण्डलमा मानव संशाधन विकास मन्त्रालयको जिम्मेवारी पाएका रमेश पोखरियाल निशंक र महिला, बालबालिका तथा कपडा मन्त्री स्मृति ईरानीको शैक्षिक योग्यतामाथि विपक्षी दलले प्रश्न उठाएका हुन् ।

श्रीलंकास्थित एक अन्तर्राष्ट्रिय विश्वविद्यालयले रमेश पोखरियाल निशंकलाई २ वटा मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । सन् १९९० को दशकमा निशंकले गरेको शैक्षिक योगदान स्वरुप उनलाई साहित्यमा मानार्थ विद्यावारिधि प्रदान गरिएको हो । केही वर्षपछि विज्ञानमा पुर्‍याएको योगदानलाई कदर गर्दै सोही विश्वविद्यालयले पुनस् निशंकलाई दोस्रो विद्यावारिधि प्रदान गरेको थियो ।

तर निशंकलाई विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालय श्रीलंकामा आधिकारिक रुपमा दर्ता नभएको भारतीय समाचार माध्यमले जनाएका छन् । उक्त विश्वविद्यालयलाई दर्ता नगरिएको श्रीलंकाको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । यति मात्रै होइन । गत वर्ष पेश गरेको व्यक्तिगत विवरण समेत अपूर्ण रहेको, राहदानी र बायोडाटामा उल्लेखित जन्ममिति समेत फरक परेका कारण निशंक विवादमा तानिएका थिए ।

त्यस्तै मन्त्री स्मृति ईरानीको शैक्षिक योग्यतामाथि समेत प्रश्न उठेको छ । ईरानीले सन् २००४ मा दिल्ली विश्वविद्यालयबाट आर्टमा स्नातक गरेको तर २०१४ मा भने सोही विश्वविद्यालय कमर्समा स्नातक गरेको विवरण पेश गरेको भनेर विपक्षीले आरोप लगाएका छन् । लोकसभा चुनावका ईरानीको शैक्षिक योग्यतालाई दिएर विपक्षीले उनमाथि हमला गरेका थिए ।

स्मरणीय छ, नेपालका प्रधानमन्त्री केपी ओलीले हालसम्म यस्तै प्रकृतिका चारवटा विद्यावारिधि हासिल गरेका छन् । यसमध्ये पछिल्लो मानार्थ विद्यावारिधि यसैसाता ओलीले दक्षिण कोरियाको एक क्रिश्चियन मिसनरी विश्वविद्यालयबाट ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीको यो विद्यावारिधि समेत नेपालमा चर्को आलोचनाको विषय बनेको छ । प्रधानमन्त्री जस्तो मानिसले जहाँ पायो त्यहीबाट मानार्थ विद्यावारिधि ग्रहण गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।