२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविजेता अष्ट्रेलियाको विजयी सुरुवात, अफगानिस्तान ७ विकेटले पराजित



अ+ अ-

काठमाडौं । विश्वविजेता टिम अष्ट्रेलियाले विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

इंग्ल्याण्डको ब्रिस्टोलस्थित काउन्टी मैदानमा शनिबार राति भएको खेलमा अफगानिस्तानलाई अष्ट्रेलियाले सहजरुपमा पराजित गरेको हो ।

२०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ३४.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नर र कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए ।

वार्नरले अविजित ८९ रन बनाए । त्यस्तै, कप्तान फिन्चले ४९ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ६६ रन बनाए ।

अष्ट्रेलियाका लागि स्टेभन स्मिथले १८ रन बनाउँदा उस्मान ख्वाजाले १५ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनाएको थियो । अफगानिस्तानका नाजिबउल्लाह जाड्रनले ५१, रहमत साहले ४३, कप्तान गुल्बदिन नाइबले ३१ र राशिद खानले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका एडम जाम्पा र पट कुमिन्सले समान ३–३ विकेट लिए । दुई विकेट भने मार्कुस स्टोनिसको नाममा रहृयो ।