६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेले कम्पनीबाटै निष्काशन गर्यो अमेरिकी कर्मचारी



अ+ अ-

काठमाडौं । चिनियाँ कम्पनी दूरसञ्चार हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट हटाएको छ । अमेरिकासँगको सम्बन्ध बिग्रँदै गइरहेका बेला हुवावेले केन्द्रीय कार्यालय सेन्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट हटाएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार अमेरिकाले हुवावे कम्पनीलाई कालो सूचीमा राखेपछि हुवावेले उक्त निर्णय लिएको हो । अ‍ेमेरिकी कम्पनी गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएपछि हुवावेले आफ्ना कर्मचारीलाई अमेरिकी कम्पनीसँग कुनै प्रकारको प्राविधिक बैठक नगर्न निर्देशन समेत दिएको छ ।

यसले चीन र अमेरिकाबीचको व्यापार युद्ध बढ्ने अनुमान गरिएको छ । अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति तथा प्रविधिको चोरी गरेको आरोप पनि लगाउँदै आएको छ ।

अमेरिकाले हुवावेको फाइभ९जी प्रविधि देशका लागि सुरक्षा जोखिम भएको बताउँदै आफ्ना निकटस्थ राष्ट्रलाई उक्त प्रविधि जडान नगर्न आग्रह गरिसकेको छ ।

अमेरिकाले हुवावेलाई कालोसुचीमा राख्ने निणर्य गरेसँगै गुगलले आफ्नो सेवामा रोक लगाइसकेको छ । आगामी दिनमा हुवावेले निर्माण गर्ने मोइबाइलमा गुगलका गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेल लगायतका एप्सहरू हुने छैनन् ।

गुगलको आफ्नो सेवामा रोक लगाएपछि हुवावेले विश्वव्यापी ग्राहकका लागि सुरक्षित र भरपर्दो सफ्टवेयर बनाउने जनाइसकेको छ ।

यसअघि हुवावे संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन जेङ्फीले अमेरिकाले आफ्नो कम्पनीलाई कमजोर सोचेको भन्दै आफ्नो कम्पनीको हुवावेको फाइभ९जी सेवालाई भविष्यमा कसैले पनि चुनौती दिन नसक्ने दाबी गरेका थिए ।