१८ भाद्र २०८३, बिहीबार
,
Latest
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री परीक्षण कार्यक्रम सफल हुँदै



अ+ अ-

काठमाडौं । लक्षित वर्गको स्वस्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ प्रदेश नं ३ सरकारले लागू गरेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफल हुँदै भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको चैत १६ गते हेटौँडा अस्पतालमा उद्घाटन गर्नुभएको थियो ।

सो कार्यक्रमअन्तर्गत अहिले उपचार गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य उपचारसम्बन्धी प्रदेश नं ३ को नमूना परियोजनाका रुपमा रहेको यो कार्यक्रम मकवानपुरलगायत पाँच जिल्लामा शुरु भएको छ । परियोजनाअन्तर्गत गरीब, विपन्न, दलित, अपाङ्ग, जनयुद्धका घाइते तथा द्वन्द्वपीडित लगायतका लागि नसर्ने रोगको पहिचान गरिनेछ ।

आर्थिक अभावका कारण लक्षित वर्गको रोग पहिचानमा समस्या हुने गरेको छ । जसकारण उपचारमा ढिलाइ भई युवा अवस्थामा नै ज्यान गुमाउने परेको अवस्था विधमान छन् । रोग पहिचानका लागि शुरु गरिएको यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको सेवाग्राही बताउँछन् । कार्यक्रम शुरु भएको दुई महीनामा हेटौँडा अस्पतालमा करीब ७०० सेवाग्राहीले यो सेवा लिएका छन् ।

अस्पतालका स्वास्थ्यकर्मी अनन्त बाँस्कोटाले यो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि यसलाई यो प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्ने योजना रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।