६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भयो : राजपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उभिएर विरोध जनाएका छन् । संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकार त्यसतर्फ नलागेको भन्दै उनिहरुले विरोध जनाएका हुन् ।

मंगलबारको बैठकमा सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुखले सांसद प्रमोद साहलाई बोल्नका लागि समय दिएका थिए ।

राजपाका सांसद प्रमोद साहले सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएको आरोप लगाए । साहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संशोधनको विषय उठिरहेको हुँदा पनि अहिले सम्म सम्बोधन नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्छु भनिरहदा पनि अझै सम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।



साहले राज्यको विभेदकारी नीति विरुद्ध सरकारलाई संविधान संशोधनका लागि रुलिङ गर्न सभामुखसँग आग्रह गरे ।

उनले संविधान बनाउने नै संविधान उलंघन गरेको दाबी गरे । संविधान भन्दा माथि गएर लोकसेवा आयोगले विज्ञापन गरेको तथा राष्ट्रपति र उपराष्ट्रपति भिन्न दलको हुनुपर्नेमा एउटै दलको भएको भन्दै उनले संविधान कार्यान्वयन तर्फ सरकारलाई सचेत गराए ।