१८ भाद्र २०८३, बिहीबार
,
Latest
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भयो : राजपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उभिएर विरोध जनाएका छन् । संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकार त्यसतर्फ नलागेको भन्दै उनिहरुले विरोध जनाएका हुन् ।

मंगलबारको बैठकमा सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुखले सांसद प्रमोद साहलाई बोल्नका लागि समय दिएका थिए ।

राजपाका सांसद प्रमोद साहले सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएको आरोप लगाए । साहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संशोधनको विषय उठिरहेको हुँदा पनि अहिले सम्म सम्बोधन नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्छु भनिरहदा पनि अझै सम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।



साहले राज्यको विभेदकारी नीति विरुद्ध सरकारलाई संविधान संशोधनका लागि रुलिङ गर्न सभामुखसँग आग्रह गरे ।

उनले संविधान बनाउने नै संविधान उलंघन गरेको दाबी गरे । संविधान भन्दा माथि गएर लोकसेवा आयोगले विज्ञापन गरेको तथा राष्ट्रपति र उपराष्ट्रपति भिन्न दलको हुनुपर्नेमा एउटै दलको भएको भन्दै उनले संविधान कार्यान्वयन तर्फ सरकारलाई सचेत गराए ।