६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सरकारी यातायातमा यात्रा गर्दा महिलालाई भाडा नलाग्ने !



अ+ अ-

भारत । दिल्ली सरकारले दिल्लीका सरकारी बसमा यात्रा गर्ने महिला यात्रुका लागि निःशुल्क सेवा दिने घोषणा गरेको छ ।

दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवालले डीटीसी, क्लस्टर बस तथा मेट्रोमा यात्रा गर्ने महिला यात्रुलाई निःशुल्क यात्रा गराउने बताएका हुन् ।

उनले भनेका छन् यो नियम दुई देखि तीन महिना भित्र लागू गराइनेछ । कोही पैसा तिरेर यात्रा गर्न चाहन्छ भने केही छैन तर सरकारले महिलाको लागि दिएको यो सुविधा हरेकले प्रयोग गर्न पाउनेछन् ।’

यसका लागि ७ अर्ब देखि ८ अर्बसम्म खर्च लाग्ने बताइएको छ । दिल्लीका सरकारी बसमा हरेक दिन ४० देखि ५० लाख यात्रुले यात्रा गर्ने गर्दछन् । जसमध्ये ३० प्रशित महिला हुन्छन् ।