१८ भाद्र २०८३, बिहीबार
,
Latest
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विरोधपछि ‘कोइराला निवास’मा नगर रक्षक खटाइयो



अ+ अ-

मोरङ । संघीय सरकारलाई चुनौती दिँदै विराटनगर महानगरपालिकाले कोइराला निवासमा नगर रक्षक खटाएको छ ।

२०५४ सालमा घर पछाडिबाट माओवादीले बम हानेपछि कोइराला निवासमा सुरक्षार्थ सुरक्षाकर्मी खटाइएको थियो । निवास परिसरमै सुरक्षाकर्मी बस्न क्वाटर तथा अलग्गै भान्साको समेत व्यवस्था गरिएको थियो । यो घटनापछि सशस्त्र प्रहरीका असइको नेतृत्वमा एक दर्जन सुरक्षाकर्मी निवासको सुरक्षामा थिए ।

सरकारले विशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि कोइराला निवासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी पनि हटेका थिए । सुरक्षाकर्मी हटेपछि प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको विराटनगरको ‘कोइराला निवास’ मा एकसय वर्षको अवधिमा गत बिहीबार पहिलो पटक ताला लागेको थियो ।

तर प्रहरी हटेपछि कांग्रेसले सरकारको आलोचना गरेपछि पुनः सशस्त्र प्रहरी बललाको ठाउँमा महानगरले नगर रक्षक खटाएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

मेयर पराजुलीले प्रजातन्त्रवादीहरुको घर भएकोले त्यसको सुरक्षा दिनु महानगरको पनि दायित्व रहेको बताए । उनले त्यसको सुरक्षाका लागि २ जना नगर रक्षक आजैदेखि खटाइएको पनि बताए ।

प्रजातान्त्रिक आन्दोलन र समाज सुधारको बिगुल यहीँबाट फुकिएको थियो । तीन जना प्रधानमन्त्री जन्माउने यो निवास अहिले आगन्तुकका लागि घुम्ने र बुझ्ने स्थानको रुपमा विकसितसमेत भएको छ ।

निवासमा पूर्वप्रधानमन्त्रीहरुका धेरै सरसामान जस्ताको तस्तै राखिएको छ । ऐतिहासिक सामान संग्रहित छन् ।