१८ भाद्र २०८३, बिहीबार
,
Latest
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्टमा थपियो पार्किङ वे, जहाज होल्डको समस्या हट्ने दाबी



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ ।

विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ ।

नयाँ पार्किङ आजैदेखि सञ्चालनमा ल्याइने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । नयाँ पार्किङसहित आन्तर्राष्ट्रिय पार्किङ वे को सङ्ख्या ११ पुगेको छ । ८ महिनाअघि पार्किङ वे निर्माणको काम सुरू भएको थियो। पार्किङ वे बनाउन ६० करोड रूपैयाँ लागेको छ।अहिले विमानस्थलमा ९ वटा जहाज अट्ने पार्किङ वे छ।

रिमोट पार्किङ जहाजलाई बम थ्रेट वा ‘अनवान्टेड एक्टिभिटिज’ भएको थाहा हुँदा छुट्टै राख्नका निर्माण गरिएको हो। तर त्रिभुवन विमानस्थलले भने रिमोट पार्किङलाई दैनिक प्रयोगमा ल्याउन लागेको हो।

महाप्रबन्धक क्षेत्रीले पार्किङ क्षेत्र निर्माण भएसँगै विमानस्थलको चाप व्यवस्थापनमा सहज हुने बताए । यसअघि पार्किङको समस्याका कारण पनि विमानस्थलमा जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने गरेका थिए ।

‘आधा घन्टा होल्ड भएका केही उदाहरण छन्,’ क्षेत्रीले भने, ‘पार्किङमा प्रशस्त नहुँदा समस्या थियो। हामीले यो पार्किङ बनायौं। चार/पाँच महिनापछि विमानस्थलको दक्षिणतर्फ जिरो-वे मा थप पार्किङ बन्छ।’

उनले आफूले एयरलाइन्सलाई समेत जहाज समयमा उडाउन निर्देशन दिएको बताए।

‘दुई-चार मिनेट तलमाथि हुनु समस्या होइन। तर जानीजानी जहाज ढिला भए कारबाही हुन्छ भनेपछि सेड्युअलमा पनि सुधार भएको छ,’ क्षेत्रीले भने।उनले आफूले विमानस्थल सुधार गरिरहेको बताए।

‘सम्पूर्ण विषयमा फेल हुने विद्यार्थी पास मार्क ल्याएर पास हुनुलाई अविभावकले राम्रो मान्छ,’ क्षेत्रीले भने, ‘एयरपोर्टले विगतभन्दा केही विषयमा परिवर्तन गरेको छ। हाम्रो एयरपोर्ट पनि केही राम्रो छ भन्ने बनेको छ।’

क्षेत्रीले विमास्थलमा आपतकालमा प्रयोगका लागि मोबाइल टावर ल्याउने तयारी भैरहेको बताए।आन्तरिक विमानस्थलको पार्किङमा समेत सुधारको प्रयास गरिरहेको उनले बताए।

अहिले आन्तरिकतर्फ १७ देखि २० वटा जहाज बस्ने पार्किङ छ।

विमानस्थलको दक्षिणपूर्वी क्षेत्रमा समेत नयाँ पार्किङ वे निर्माण भइरहेको छ । यसमा पनि दुई वाइडबडी जहाज राख्न सकिने विमानस्थलले जनाएको छ ।

सामान्यतया अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विस्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मुख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइएको हुन्छ । त्यहाँ जहाज राख्नुको मतलब सम्भावित क्षति न्यूनीकरण गर्नु हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ क्षेत्र बनाइएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको इतिहासमै पहिलो पटक धावन मार्ग पूर्णरुपमा मर्मत ‘रनवे रिह्याब’ को काम तीव्र गतिमा भइरहेको छ । धावनमार्ग मर्मतको ६० प्रतिशत काम सम्पन्न भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । गत चैत १८ देखि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरेर मर्मतको काम गरिँदै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वाट वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन् ।

सिरियाको छिमेकमा रहेको यस देशमा केही वर्षयता सुरक्षाको अवस्था कमजोर रहेको पाइन्छ ।