१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत पहिलो खेल खेल्दै



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा सहभागी १० टोलीमध्ये भारतबाहेक अन्य टोलीले दुई खेल खेलिसकेका छन् । खेल तालिकामा भारतले भने आज (बुधबार) साँझ पहिलो खेल खेल्दैछ । कतियले क्रिकेट सर्मथकले खेल तालिकामा नै भारतको दादागिरी भनेर आरोप लगाएका छन् । आईसीसी भारतीय क्रिकेट बोर्डको ह्वीपमा चल्दा विश्व क्रिकेटका हरेक गतिविधिमा उसको दबदबा रहने गरेको छ । त्यसैले आज भारतले पहिलो खेल दक्षिण अफ्रिकासँग खेल्दा दक्षिण अफ्रिकाको भने तेस्रो खेल हुनेछ ।

साउथ ह्याम्पटनस्थित रोज बल स्टेडियममा हुने पहिलो खेलमा पूर्वविजेता भारत सुखद सुरुवात गर्ने योजनामा छ । अघिल्ला दुई खेलमा पराजित भईसकेको दक्षिण अफ्रिका भारतलाई हराउन तल्लिन हुनेछ । विश्वकपमा टिकिराख्न दक्षिण अफ्रिकालाई यस खेल जित्नु पर्ने दबाब पनि बढेको छ ।

भारत सन् १९८३ र सन् २०११ को विश्वकप विजेता टोली हो । सन् २००३ को विश्वकपको फाइनलमा भने भारतीय टोली अस्ट्रेलियासँग पराजित भएको थियो । दक्षिण अफ्रिका अहिले सम्म विश्वकपको फाइनलमा पुगेको छैन । यस विश्कपमा पनि दक्षिण अफ्रिकाले सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन । दक्षिण अफ्रिका उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

विश्वकपमा यसअघि भारत र दक्षिण अफ्रिकाबीच चार पटक भिडन्त भईसकेको छ । जसमा दक्षिण अफ्रिका बलियो देखिएको छ । चारमध्ये तीन खेलमा दक्षिण अफ्रिका र एक खेलमा भारत विजयी भएको छ । विराट कोहलीको कप्तानीमा रहेको भारत निकै सन्तुलित टोली हो । फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिका पनि त्यति कमजोर छैन । अघिल्ला खेलको नतिजाले भने दक्षिण अफ्रिका केही निराश देखिएको छ । त्यसैले आजको खेलमा भारतका लागि दक्षिण अफ्रिका बाधक बन्न सक्छ ।

यसैगरी आज साँझनै अर्को खेलमा लन्डनस्थित दी ओभलमा बंगलादेश र न्युजिल्यान्ड भिड्दैछन् । बंगलादेश र न्युजिल्यान्डले यसअघि एक एक खेल खेलिसकेका छन् । यी दुवै टोलीले आफ्नो पहिलो खेलमा जित हात पारेका थिए । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले पूर्व्विजेता श्रीलंकालाई १० विकेटले हराएको थियो । बंगलादेशले दक्षिण अफ्रिकामाथि २१ रनले हराएको थियो । यी दुवै टोलीले हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् ।