६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अस्ट्रेलिया आम्ने साम्ने, कसले मर्ला बाजी ?



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज साँझ (आइतबार) साविक विजेता अस्ट्रेलिया र भारत भिड्दै छन् । दी ओभल स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुने यस खेल निकै रोचक हुनेछ । विश्वभरका क्रिकेट पारखीलाई यो खेलले भरपूर मनोरञ्जन दिने अपेक्षा पनि गरिएको छ । विश्वकप उपाधि दाबेदार दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् ।

साविक विजेता अस्ट्रेलिया सबै खेलमा जित निकाल्दै फाइनल यात्रा तय गर्ने दाउमा छ । भारतको योजना पनि उस्तै छ । विश्वकपमा अस्ट्रेलियाले दुई खेल खेलिसकेको छ । अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । भारतले भने एक खेल खेलेको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

साबिक विजेता अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकपको उपाधि जितिसकेको छ । अस्ट्रेलियाले सन् १९८७ मा पहिलो पटक विश्वकप जितेको थियो । त्यसपछि अस्ट्रेलियाले सन् १९९९, सन् २००३ र सन् २००७ मा लगातार तीन पटक विश्वकपको उपाधि उचाल्यो । सन् २०१५ मा आफ्नै देशमा आयोजना भएको विश्वकपको फाइनलमा सहआयोजक न्युजिल्यान्डलाई सात विकेटले हराउँदै अस्ट्रेलियाले पाँचौं पटक उपाधि कुम्ल्याएको थियो । त्यसैले विश्वकपमा अस्ट्रेलिया सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ । एरोन फिन्चको कप्तानीमा रहेको अस्ट्रेलियामा चर्चित र अनुभवी खेलाडी छन् ।

यसैगरी दुई पटक विश्वकपको उपाधि चुमेको भारत विश्व क्रिकेटको बलियो टोली हो । भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो । सन् २००३ को विश्वकपको फाइनलमा भने भारतीय टोली अस्ट्रेलियासँग पराजित भएको थियो । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीमा स्टार र अनुभवी खेलाडीको जमघट छ । सन् २०११ मा भारतले विश्वकप जित्दाका कप्तान महेन्द्रसिंह धोनी अहिले पनि टोलीका प्रभावशाली खेलाडीका रूपमा छन् ।

भारत र अस्ट्रेलियाबीच यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ । यसअघिका विश्वकपमा दुई टोली ११ पटक भिडेका छन् । त्यसमा अस्ट्रेलियाले आठ र भारतले तीन खेल जितेको छ ।