२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो र मेस्सी, कसको कति ट्रफी ?



अ+ अ-

काठमाडौं । पोर्चुगिज जाएन्ट क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लेजेन्ड लियोनेल मेस्सी फुटबल जगतमा हालका बादशाह मानिन्छन्। फुटबलमा को अगाडी ? भनेर कसैले सोध्यो भने यी दुईको नाम पहिले आउने गर्दछ। खासमा यी दुई खेलाडी नै आ–आफ्नो ठाउँमा अव्बल छन्। तर पनि मानिसहरु हालका युभेन्टस स्टार र बार्सा स्टारलाई जोडेर एकै ठाउँमा हेर्न चाहन्छन्। उनीहरुको प्रगति र उपलब्धिलाई तुलना गर्ने गर्दछन्। आज हामी पनि यी दुई बिचको तुलनात्मक सफलता कसको धेरै यसको बारेमा केहि तथ्यहरु हेर्नेछौं।

३४ बर्से पोर्चुगिजले कुल ३१ ट्रफी जितेका छन्। उनले पोर्चुगल र ४ भिन्न–भिन्न क्लबमा रहेर सो सफलता हाँसिल गरेका हुन्। त्यस्तै ३१ बर्से अर्जेन्टिनी स्टारले स्पेनिस क्लब बार्सिलोनाबाट मात्र ३४ ट्रफी हाँसिल गरेका छन्।

क्रिस्टियानो रोनाल्डोले दास्रो अन्तर्राष्ट्रिय महत्वपूर्ण उपाधि हालसालै हात पारेका छन्। इस्टाडियो दो ड्रागो मैदानमा उनले यूइएफए नेसन्स लिगको टाइटल हात पारे। नेदरल्यान्डसँगको फाइनल खेलमा १–० को संघर्षपूर्ण जित निकालेका थिए।

पोर्चुगिज जादुगर मानिएका रोनाल्डोले आफ्नो देशका तर्फबाट तीन मध्ये दुई फाइलनमा जित हात पारेका छन्। फ्रान्समा आयाजित सन् २०१६ को युरोकपको जित पश्चात् अहिले आफ्नो देशका तर्फबाट यूइएफए नेसन्स लिगको जितको उद्घाटन गरेका हुन्। सन् २००४ को युरोकपमा भने उनको टोलीले ग्रिससँग फाइनलमा हारको सामना गरेको थियो।

यता अर्जेन्टिनाका फरवार्डको भने आफ्नो देशसँग जाडिएका उल्लेखनीय सपललता छैन। उनको समयमा दक्षिण अनमेरिकी देशले कुनै सफलता पाएन भन्दा सायद असर नपर्ला। मेस्सीले चार पटकसम्म अर्जेन्टिनालाई विभिन्न खेलमा फाइनलमा पुर्याए तर एकमा पनि सफलता हात परेन। अघिल्लो संस्करणको कोपा अमेरिकाको फाइनल खेलपछि त उनले संन्यासको घोषणा नै गर्दिए। तर यो कदमबाट उनी फेरी पछाडी हटे।