२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानको भिड्दै, कसको जित्ला त ?



अ+ अ-

काठमाडौं । भारत र पाकिस्तानको लडाई राजनितिमा मात्र सिमिति छैन । क्रिकेट मैदानमा पनि यी दुई टोलीको भिडन्तले विश्वको ध्यान तान्ने गरेको छ । आईसीसी एकदिवसीय क्रिकेटमा यिनै चर्चित दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आज (आइतबार) प्रतिस्पर्धा हुँदैछ ।

ओल्ड ट्राफोर्ड स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने यस खेलको प्रतीक्षा विश्वभरका क्रिकेट सर्मथकले गरेका छन् । विश्वकपमा भारत आफ्नो चौथो खेल खेल्दै छ । पाकिस्तानले पाँचौं खेल खेल्दैछ । यसअघि तीन खेल सकेको भारत अपराजित यात्रा कायम राख्ने अभियानमा छ । भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हरायो । भारत र न्युजिल्यान्डविरुद्धको खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तीन खेलबाट पाँच अंक बनाएको छ ।

यसैगरी पाकिस्तान पनि भारतलाई हराउन धेरै मिहिनेत गरिरहेको छ । तर, पाकिस्तान यसपटकको विश्वकपमा त्यति जम्न सकेको छैन । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्ध भएको थियो । चौथो खेलमा पाकिस्तान अस्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो । पाकिस्तानले चार खेलबाट तीन अंक बनाएका छ ।

भारत र पाकिस्तान दुवै विश्वकप विजेता टोली हुन् । पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएको भारतले सन् १९८३ र सन् २०११ मा दुई पटक विश्वकपको उपाधि जितिसकेको थियो । पाकिस्तानले सन् १९९२ मा उपाधि जितेको थियो । विश्वकपको उपाधि दाबेदार भारत उत्कृष्ट लयमा छ । भारतका प्रारम्भिक ब्याट्सम्यान र बलर बलियो देखिएका छन् । पाकिस्तानको बलियो पक्ष भनेको तीव्र गतिका बलर नै हो । यसअघि यी दुई टोलीबीच भएको विश्वकप भिडन्तमा पनि भारत बलियो छ । विश्वकपमा यसअघि भारत र पाकिस्तान ६ पटक खेलेका थिए । जसमा भारतले ६ वटै खेल जितेको छ । त्यसैले आज पाकिस्तानले भारतलाई हराउन हर कोशिष गर्नेछ । भारतले पनि आफ्ना शाख कायम राख्न भरपुर प्रयास गर्नेछ ।