६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित रहने भारतको लक्ष्य, सेमिफाइनल यात्रा सहज बनाउने इङ्ल्यान्ड



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) उपाधिको दावेदार टोली आयोजक इङ्ल्यान्ड र भारत भिड्दैछन् । एजबास्टन मैदानमा ३ः१५ बजेदेखि सुरु हुने खेल प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ । दुई पटकको विश्वकप च्याम्पियन भारत जारी विश्वकपमा अपराजित छ । भारत आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । यसैगरी इङ्ल्यान्ड पनि बलियो भारतलाई रोक्दै सेमिफाइनल यात्रा सहज बनाउने अभियानमा छ ।

जारी विश्वकपमा भारतले खेलेको ६ खेलमा पाँच खेल जितेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तालिकामा ११ अंक बनाएको छ । भारतको सबै पक्ष सन्तुलित छ । यसैगरी सात खेल खेलिसकेको इङ्ल्यान्डले चार खेलमा जित र तीन खेलमा हार खेपेको छ । इङ्ल्यान्डको आठ अंक छ । अहिले इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो छ ।

घरेलु मैदान र समर्थकको साथले पनि इङ्ल्यान्डलाई बलियो बनाएको छ । विश्वकपमा यसअघि यी दुई टोली सात पटक भिडेका छन् । दुवै टोलीले तीन तीन खेल जितेका छन् । एक खेल अनिर्णित बनेको थियो । अहिलेसम्म विश्वकप जित्न नसकेको इङ्ल्यान्डलाई यसपटक घरेलु मैदानमा उपाधि जित्ने मौका छ । त्यसैले भारतविरुद्ध इङ्ल्यान्ड खरो रुपमा प्रस्तुत हुनेछ । भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो ।