२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित रहने भारतको लक्ष्य, सेमिफाइनल यात्रा सहज बनाउने इङ्ल्यान्ड



अ+ अ-

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) उपाधिको दावेदार टोली आयोजक इङ्ल्यान्ड र भारत भिड्दैछन् । एजबास्टन मैदानमा ३ः१५ बजेदेखि सुरु हुने खेल प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ । दुई पटकको विश्वकप च्याम्पियन भारत जारी विश्वकपमा अपराजित छ । भारत आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । यसैगरी इङ्ल्यान्ड पनि बलियो भारतलाई रोक्दै सेमिफाइनल यात्रा सहज बनाउने अभियानमा छ ।

जारी विश्वकपमा भारतले खेलेको ६ खेलमा पाँच खेल जितेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तालिकामा ११ अंक बनाएको छ । भारतको सबै पक्ष सन्तुलित छ । यसैगरी सात खेल खेलिसकेको इङ्ल्यान्डले चार खेलमा जित र तीन खेलमा हार खेपेको छ । इङ्ल्यान्डको आठ अंक छ । अहिले इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो छ ।

घरेलु मैदान र समर्थकको साथले पनि इङ्ल्यान्डलाई बलियो बनाएको छ । विश्वकपमा यसअघि यी दुई टोली सात पटक भिडेका छन् । दुवै टोलीले तीन तीन खेल जितेका छन् । एक खेल अनिर्णित बनेको थियो । अहिलेसम्म विश्वकप जित्न नसकेको इङ्ल्यान्डलाई यसपटक घरेलु मैदानमा उपाधि जित्ने मौका छ । त्यसैले भारतविरुद्ध इङ्ल्यान्ड खरो रुपमा प्रस्तुत हुनेछ । भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो ।