६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानसंग जित्दा पनि विश्वकपबाट बाहिरियो वेस्ट इन्डिज



अ+ अ-

काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले आफ्नो अन्तिम खेलमा २३ रनको हारव्यहोरेको छ । अफगानिस्तान वेस्ट इन्डिज संग २३ रनले पराजित भएको हो ।

वेस्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ९ खेलमा ९ चोटी नै पराजित हुँदै अंक बिहीन हुँदै बाहिरीएको छ । त्यस्तै वेस्ट इन्डिजले ९ खेलमा २ खेल जितेपनि विश्वकपबाट बाहिरीएको छ ।

अफगानिस्तान निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८८ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजले ३ सय १२ रनको लक्ष्य दिएको थियो । अफगानिस्ताका लागि युवा विकेटकीपर इकराम अलीखीलले सर्वाधिक ८६ रनको योगदान दिएका थिए । त्यस्तै ओपनर रामत शाहले ६२, कप्तान गुलबदीन नाइब ५, नजीबुउल्लाह जदरान ३१, केमर रोचले मोहम्मद नाबी २ र शमीउल्लाह शिनवारी ६ रनमा आउट भएपछि अफगान्सितान कमजोर अवस्थामा पुगेको थियो ।

वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले ४, केमर रोचले २ र क्रिस गेल एवं ओसन थोमसले एकएक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ३ सय ११ रन बनाउँन शाई होपले सर्वाधिक ७७ रन बनाए । त्यस्तै निकोलस पुरनले ५८ रनको योगदान दिए । कप्तान जोसन होल्डर ४५ रनमा क्याच आउट भए ।

ओपनर क्रिस गेल ७ रनमा क्याच आउट भए । इभिन लुईस ५८ रनमा आउट भए । शाही होपले ९२ बलमा ७७ रन प्रहार गरे । कार्लोस वर्थवेट ४ बलमा १ छक्का र २ चौका सहित १४ रनमा अविजित रहे । दवालत जदरानले अफगानिस्तानका लागि २ विकेट ल्याउँदा मोहम्मद नाबी, सईद शिरज़ाद र राशिद खानले एक एक विकेट लिए ।

योसँगै अफगानिस्तान र वेस्ट इन्डिजको यो पटकको विश्वकप यात्रा यहिँ समाप्त भएको छ ।