२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग श्रीलंका पराजित, अष्ट्रेलिया दोस्रो स्थानमा



अ+ अ-

काठमार्डौं। दिवसिय विश्वकप क्रिकेटमा श्रीलंकालाई पराजित भएको छ । भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४३.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि ओपनर रोहित शर्मा र के एल राहुलले शतक प्रहार गरे ।

भारतको जितमा रोहितले ९४ बलमा १४ चौका र २ छक्का सहित १ सय ३ रनको योगदान दिए । योसँगै उनले आफ्नो वान डे करिअरको २७ औं शतक पुरा गरे । रोहितले अर्को कृर्तिमानि राखेका छन्, एकै विश्वकपमा पाँच शतक पुरा गर्ने उनी पहिलो ब्याट्सम्यान बनेका हुन् ।

अर्का ओपनर के एल राहुलले पनि १ सय १८ बलमा ११ चौका र १ छक्कासहित १ सय ११ रनको उत्कृष्ट शतक प्रहार गरे । राहुलले १ सय ९ बलमा आफ्नो विश्वकपको पहिलो तथा वान डे करियरको दोस्रो शतक पुरा गरे ।

कप्तान विराट कोहली ३४ रनमा अविजित रहदा ऋषभ पन्त ४, हार्दिक पान्ड्या ७ रनमा आउट भएका थिए।श्रीलंकाका लागि लाथिस मलिंगा,इसुरु उडना र कसुन राजिथाले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो । जसका लागि एन्जिलो म्याथ्युजले १ सय १३ रनको शतकीय योगदान दिए । म्याथ्युजले १ सय १५ बलमा आफ्नो वान डे करिअरको तेस्रो शतक पुरा गरेका हुन् । उनले वान डे करिअरमा तीनै शतक भारतविरुद्ध प्रहार गरेका हुन् । भारतका लागि जसप्रित बुमराहले ३, भुवनेश्वर कुमार,हार्दिक पान्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले एक एक विकेट लिए ।

जितसँगै ९ खेलमा ७ जितेर १५ अंकका साथ भारत शीर्ष स्थानमा उक्लिएको छ । हिजो राति नै भएको अर्को खेलका दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित भएको छ । योसँगै भारतको शिर्ष स्थान कायम रहेको छ ।

अष्ट्रेलियालाई दक्षिण अफ्रिकाले ३ सय २५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९।५ ओभरमा अल आउट हुँदै ३ सय १५ रनमा समेटियो । यसो हुँदा अब भारतले न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने छ भने अष्ट्रेलियाले इंगल्याण्डसँग खेल्ने छ ।




भर्खरै