२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पञ्जाबमा दोस्रोपटक अनुबन्धित



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पञ्जाबमा अनुबन्धित भएका छन् ।

आइलिग क्लब पन्जाबले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत किरणलाई अनुबन्ध गरेको जनाएको छ । यसअघि पनि किरणले पञ्जाबबाट खेल्दै आइलिग जिताएका थिए । किरणले २०१७–०१८ को सिजन पञ्जाबबाट खेलेका थिए ।

यो सिजनको लागि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबमा किरणले आफ्नो अनुबन्धन नवीकरण गरेका थिए । तर, नेपाली फुटबल टिमको मैत्रीपूर्ण खेल मलेसिया र चाइनिज ताइपेसँग भएपछि किरणले खेल्नैपर्ने भएको थियो । नेपाली टीमको मैत्रीपूर्ण खेललाई मुख्य प्राथमिकतामा राख्दा किरणले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने मौका गुमाए । यो सिजनको लागि किरण र क्लबबीच लिखित सम्झौता भइसकेको थियो ।

यसअघि किरणले टिसी स्पोर्टस्सँग चार बर्षको नयाँ सम्झौता गरेका थिए । गत सिजन क्लबलाई धिवेही प्रिमियर लिगको उपाधि जिताउन अहम भूमिका खेलेका किरणले लिगको उत्कृष्ट गोलरक्षकको पुरस्कार समेत जितेका थिए ।

उता, टिसी स्पोर्ट्स क्लबको पनि त्यही समयमा खेल जुधेपछि किरण र क्लबबीचको सम्झौता तोडिएको थियो । त्यसयता, उनी कुनै क्लबमा अनुबन्धित भएका थिएनन् ।

माल्दिभ्समा आउँदो जुन महिनादेखि नयाँ सिजन शुरु हुँदैछ ।




भर्खरै