९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समुद्रको किनारमा गएर फोटो खिच्नुभन्दा राराको किनारमा गएर स्वर्ग हेर्न मन छ’



अ+ अ-

मलाई समुद्रको किनारमा गएर
आई फोन मोबाइलले फोटो खिच्नुभन्दा
राराको किनारमा गएर स्वर्ग हेर्न मन छ ।

टाउकोमा सगरमाथा बोकेर
छातीमा नेपाल राखेर
गोरु जस्तै जोतिनु छैन मलाई मरुभूमिमा
पाखा पखेरामा पौरख चलाएर खानु छ
शान्ति फैलाउने देशले अस्त्र फैलाए झैं
मेरा उजाड खेतबारीहरुमा
मैले माना छरेर माना उब्जाउनु छ ।

बाको पसिनाको गन्ध र आमाको
च्यात्तिएको छोलीको मुल्यलाई साबित गर्नु छ
समाज र शिक्षा बिचको पूल बनेर
सनातन कु सामाजिक मान्यताका
पर्खालहरु तोडेर
हातको सफाई गर्नेहरुको बिरुद्धमा
आवाज उठाएर
नुन जस्तै कानुन पाउनका लागी
सबल,सक्षम प्रशासन बनाउनका लागी
एक राष्ट्रभक्त सिपाही जस्तै सघाउनु छ।

ताल,तलैया,झरना,हिमाल,नदिनालाका,
मठ मन्दिरका सुन्दर तस्बिरहरु
संसारको कुना कुनामा पठाएर
चिनाउनु छ हाम्रो इतिहास
टेवा पुर्याउनु छ अर्थतन्त्र लाई
किनकी म यो देशको नागरिक हुँ ।

गाउँ ठाँउले मलाई देखेर हाँस्न सकोस्
त्यहीँ हाँसोमा मेरो आउने पुस्ता बाँच्न सकोस्
मलाई सुन कमाएर गुन बिर्सनु छैन
जुन देखेर खुन बगाउनु छैन
म त आटो खाएर माटोमा हुर्केको मान्छे
श्रमिक बने नि मालिक बने नि
म यहीँ माटोको बन्छु
म सबथोक यहीँ माटोमा गर्छु
र यहीँ माटोमा मर्छु।

वसन्त ऋतु