२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हस्तमैथुन रोके मोटाइन्छ ?, के भन्छन् त डाक्टर



अ+ अ-

म २५ वर्षको एकल पुरुष हुँ र म मा हस्तमैथुनको लत बसेको छ । म पहिले दिनमा एक वा दुईपटक हस्तमैथुन गर्थे । अहिले मैले यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छु । अहिले दुई दिनमा एक पटक गर्छु । शायद यसैको कारणले म दुब्लो छु । म यसका असर थाहा पाउन तथा यसबाट मुक्त हुन चाहन्छु । अलिकति मोटाउन के गर्नु पर्ला ? मलाई थाहा छ यदि मैले हस्तमैथुन रोकें भने मेरो वजन बढ्छ ।

हस्तमैथुनको लत तपाईंले यही स्तम्भमा पनि हस्तमैथुन स्वाभाविक कुरा हो र यसले हानी गर्दैन भनेर पढ्नु भएकै होला । यो विशेष गरेर नियमित शारिरिक सम्पर्क गरेर इच्छा पूरा गर्न पाउनेस्थिति नभएका बेलामा इच्छा शान्त पार्ने राम्रो विकल्प हो । त्यसैले पनि धेरैले हस्तमैथुन गर्छन् । कतिपयलाई सामाजिक मूल्य मान्यताका कारणले हस्तमैथुन गर्दा ग्लानी वा हीनताबोध हुनसक्छ र यसलाई कम गर्ने प्रयास गरिन्छ, जसरी तपाईं आवश्यकता परेअनुसार तिर्खा मेटाउन पानी पिउनु हुन्छ, तिर्खा मेटिएपछि पानी पिउन रोक्नु हुन्छ र फेरि तिर्खा लागेपछि फेरि पानी पिउनु हुन्छ, त्यसरी नै यौनको तिर्खा मेटिएपछि हस्तमैथुन वा शारिरिक सम्पर्क गर्नु हुन्न तथा फेरि इच्छा जागे पछि फेरि गर्नुहुन्छ । यो सामान्य प्रक्रिया हो । इच्छा भयो र त्यसलाई पूरा गर्न लागि परियो भन्दैमा लत भनिहाल्न मिल्दैन ।

हस्तमैथुनको लत लाग्नुमा दुई रसायनले महत्वपूर्ण भूमिका खेल्छन् र ती हुन् Dopamine तथा endorphins । Dopamine हस्तमैथुन गर्दा
endorphins निस्कन्छ जसले सुखानुभूतिको अनुभव दिन्छ जुन चरमसुखमा पुगेर टुङ्गिन्छ । चरमसुख पछि domine निस्कन्छ जसले तनाव रहित आरामको स्थितिमा पुगेको अनि सन्तुष्ट भएको अनुभूति दिन्छ र कहिलेकाहीँ निद्रा लागे जस्तो हुन्छ जब कुनै व्यक्ति यस्तो अनुभूतिमा निर्भर हुन थाल्छ र जीवनका तनावपूर्ण परिस्थिति वा मानसिक समस्याबाट भाग्न प्रयोग गर्न थाल्छ हस्तमैथुनको लत लाग्ने बाटोतर्फ लम्किन्छ अनि अति नै हस्तमैथुन गर्न थाल्छ र यसमा लागेर दैनिकी नै अस्तव्यस्त हुने स्थितिमा पुग्छ ।

हस्तमैथुनको लत भएर अति हस्तमैथुन गर्ने स्थितिमा पुग्दा घण्टौंसम्म चलचित्र हेरेर बिताउने र व्यक्तिको उत्पादनशीलतमै नकारात्मक असर पर्ने हुन्छ । शारिरिक सम्पर्क कार्यमा अवास्तविक अपेक्षा अनि पारिवारिक सम्बन्धमा समस्या, आत्म सम्मानको कमी तथा असामाजिक बानी बेहोरा देखाउने जस्ता कुरा देखापर्न सक्छन् । चाहना पूरा गर्ने अन्य उपायको विकल्पका रूपमा यसलाई प्रयोग गर्ने नझई यो नगरी नहुने स्थिति
compulsive sexual behaviour को स्थितिमा पुग्छ । हस्तमैथुनमा अति नै संलग्न हुँदा गोप्य अंगको छालामा जलनको स्थितिसम्म हुन्छ ।

खेलकुदका साथै शौखका कुरामा संलग्नता, एकान्तमा नबस्ने, बढीभन्दा बढी अन्य मानिससँग बिताउने, यौन उक्तेजक सामग्रीबाट टाढै रहने, स्वयंसेवी कार्यमा बढी संलग्न हुने जस्ता त्रियाकलापले अत्यधिक हस्तमैथुनलाई कम गर्न मद्दत गर्छ । लत नै लागेको स्थितिमा भने मनोपरामर्श सेवा लिनुपर्ने हुन्छ ।

तपाईंको समस्या के हो ?

अब त पक्कै नै बुझ्नु भयो होला कि तपाईंले दिनको एक वा दुईपटक हस्तमैथुन गरेको स्थितिलाई लत नै भनिहाल्नुपर्दैन । हस्तमैथुनका कारणले तपाईंको जीवनका अन्य पक्षका बारेमा केही नलेख्नु भएकाले यसै भन्न सकिने स्थिति भएन । हस्तमैथुनप्रति नकारात्मक सोच भएका कारणले सामान्य रूपमा गरिएको हस्तमैथुन पनि तपाईंलाई अत्यधिक लागेको हुनसक्छ । त्यसैले कुनै निष्कर्षमा पुग्नुभन्दा पहिले राम्रोसँग विचार गर्नुपर्ने हुन्छ ।

मोटाउन के गर्नुपर्ला

तपाईंले किन आफूलाई दुब्लो मान्नु भयो थाहा भएन । तपाईंको शरीरको तौल ठीक छ कि छैन भनने कुरा थाहा पाउन तपाईंको
Body Mass Index हेर्नुपर्छ । यो क्ष्लमभह यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल भएको मानिन्छ । तौल १८ दशमलव ५ भन्दा कम भएको व्यक्तिलाई कम तौल भएको भनिन्छ । तपाईंले उचाइ र तौल नलेख्नु भएको हुनाले यसै भन्न सकिएन । कतिपय व्यक्ति दुब्लो भए पनि स्वस्थ नै हुनसक्छन् । तपाईंले कुनै स्वास्थ्य समस्या भएको कुरा लेख्नु भएको छैन । तपाईंलाई थाहै हुनुपर्छ अहिले मोटोपन एउटा ठूलो स्वास्थ्य समस्या हुँदै गएको छ तर अति नै कम तौल हुनुको पनि आफ्नै स्वास्थ्य समस्या हुन्छन् । राम्रोसँग नखाने, थाइरोइडको समस्या, आन्द्रासम्बन्धी समस्या, मधुमेह, क्यान्सर वा संक्रमण जस्ता कतिपय समस्या शरीरको तौल कम हुने कारण हुनसक्छन् तर तपाईंले यस विषयमा केही चर्चा गर्नुभएको छैन ।

जे होस्, मोटो हुने अर्थात् शरीरको तौल बढाउन सहयोगी उपायहरूका वारेमा केही चर्चा गरौं । पहिलो कुरा त स्वस्थकर खानाको मात्रा बढाउने र शरीरले खर्च गर्ने भन्दा बढी क्यालोरी भएका खानेकुरा पर्याप्त खाने । पर्याप्त मात्रामा प्रोटिन युक्त खाना खाने साथै कार्बोहाइड्रेड र चिल्लो भएको खाना पनि पर्याप्त रूपमा खाने । प्रत्येक दिन ३–४ पटक खाने बानी बसाल्ने ।

के हस्तमैथुन रोके मोटाइन्छ ?

हस्तमैथुन रोके मोटाइन्छ भन्ने पक्का नै हुनुभएको पाराले लेख्नु भएको छ । तपाईंले हस्तमैथुन रोक्न नसकेको स्थितिले ल्याएको ग्लानी बोधबाट बाहिर निस्कँदा पक्कै पनि सकारात्मक असर पर्ला । यो अर्कै कुरा भयो । वीर्यमा भएको शुक्रकीटबाट जीवन सुरु हुने भएकाले यसलाई जोगाउनु पर्ने हाम्रो परम्परागत मान्यता छ । त्यसैले पनि यसले बढी महत्व पाएको हो । हस्तमैथुन गर्दा यस्तै ३ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ भने भर्‍याङ्ग चढ्दा ६८ किलोको व्यक्तिको यस्तै ६ क्यालोरी प्रतिमिनेट । २ चिया चम्चा चिनीमा यस्तै ३०–३५ क्यारोरी हुन्छ । अब त तपाईंले पक्कै नै बुझिसक्नु झयो हस्तमैथुन गर्दा धेरै शक्ति खर्च हुने होइन र यो नगर्दैमा धेरै शत्ति बच्ने पनि होइन । यस्तो स्थितिमा हस्तमैथुन रोक्दैमा मोटाइन्छ भन्ने छैन । साप्ताहिकबाट साभार




भर्खरै