१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

एक रातमै खेत बन्यो बगर

एक रातमै खेत बन्यो बगर
अ+ अ-

काभ्रेपलाञ्चोक । अघिल्लो दिनसम्म लहलह धानखेतमा पानी लगाएका मण्डनदेउपुर नगरपालिका–११ का रमेश खनालको आँखा रसाए । अघिल्लो साँझ हराभरा रहेको धानखेत एकाबिहानै बगरमा परिणत भइसकेको थियो । जीविकोपार्जनको मुख्य आधार धानखेत बाढीले बगाएसँगै रमेशजस्तै धेरै किसान चिन्तित छन् ।शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले काभ्रेको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा वितण्डा नै मच्चाएपछि सयौं किसान समस्यामा परेका छन् । नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि शनिबार राति चाखोल उर्लिएको थियो ।

बाढीले सयौं रोपनी जग्गामा लगाएको धानबाली पूर्ण रूपमा नष्ट गरेको छ । अविरल वर्षासँगै रातको समयमा आएको बाढीले आफूहरूलाई समस्यामा पारेको मण्डनदेउपुर प्रमुख टोकबहादुर वाइवाले बताए । हरेक वडामा बनाएका सडक संरचनालाई बाढीले नराम्रोसँग असर पारेको वाइवाले बताए ।
‘हाम्रो नगरपालिकाको सबै वडामा बाढी र पहिरोले असर पारेको छ,’ वाइबाले भने । मण्डनदेउपुरमा निर्माणको चरणमा रहेकाले मोटरबाटोमा पहिरो आएर आन्तरिक रूपमा मण्डनदेउपुरका धेरै वडामा सडक सञ्जाल विच्छेद भएको छ ।

त्यस्तै, बिजुली र टेलिफोन सञ्चालन हुन सकेका छैनन् । काभ्रेको मण्डनदेउपुर–१० चण्डेनीका पत्रकार ज्ञानमणि नेपालले आफू अत्यधिक वर्षापछिको बाढी पहिरोकै कारण नाकाबन्दीमा परेको बताए । टेलिफोन, सडक र विद्युत् सञ्चार कटौतीले गाउँमै यतिबेला नाकाबन्दीको महसुस गरेको पत्रकार नेपालले बताए ।

बाढीको कारणले चनौटे फाँट, चाखोला फाँट र जैसीथोक फेदी फाँटमा रोपिएको धान बगरमा परिणत भएको हो ।

बाढीले भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्रमा असर गरेमो छ । अरनिको राजमार्गका तीन ठाउँमा सडक नै बाढीले कटान गरेसँगै यातायात एकतर्फी रूपमा सञ्चालित छ । दोलालघाट क्षेत्रका आधा दर्जन घर बाढीले भत्काएको छ । गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले अर्बौंको क्षति भएको बताए । बाढीले सडकसँगै खोलाछेउका घरमा समेत असर पारेको उनले बताए । कटानको कारणले केही घरमा पूर्ण रूपमा क्षति पुगेको कुँवरले बताए ।

बाढीले सडक बगाएपछि स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले स्थलगत निरीक्षण गरेका छन् । काभ्रेमा प्रहरी उद्धार तथा राहतमा निकै सक्रिय देखिए पनि नेपाली सेना र सशस्त्र प्रहरी बल भने निष्क्रिय रहेको स्थानीयको आरोप छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।