१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

सरकारी अध्ययनले नै भन्यो : मूल्यवृद्धि अस्वाभाविक

सरकारी अध्ययनले नै भन्यो : मूल्यवृद्धि अस्वाभाविक
अ+ अ-

काठमाडौं । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ । तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्ष छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ ।

तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्ष छ । बजेट भाषणपछि करका दर बढेसँगै बजार मूल्य बढ्न गएको सरकारी अधिकारी बताउँछन् ।

पछिल्लो समय बजारमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको छ । तरकारीमा विषादी परीक्षणसँगै आयातमा कमी आएको, बाढीपहिरोको कारण आपूर्तिमा समस्या हुँदा बजारमा अधिकांश तरकारीको मूल्य उच्च विन्दुमा पुगेको सरकारी अध्ययनले देखाएको छ । यस्तो अध्ययन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको हो ।हरियो तरकारीसँगै अन्य दैनिक उपभोग्य वस्तुमा अस्भाविक रूपमा मूल्य बढेको अध्ययनले देखाएको छ ।

अभावको मौका छोपेर बिचौलियाले पनि चलखेल गर्दा थप मूल्य बढेको जनाइएको छ । विभागले गरेको अध्ययनअनुसार एक वर्षमा गोलभेंडाको खुद्रा मूल्यमा १०९ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ । बजारमा हरियो तरकारी, दाल, चामलदेखि अधिंकाश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको हो ।
उपभोक्ता अधिकारकर्मीहरू भने बजारमा नियमनकारी निकायको प्रभावकारी उपस्थिति नहुँदा अत्यावश्यकीय वस्तुको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको बताउँछन् । विभागका अनुसार गत वर्ष २१ साउनमा प्रतिकेजी ५५ रुपैयाँ रहेको गोलभेंडाको मूल्य यस वर्षको साउन २१ मा भने ११५ रुपैयाँ पुगेको छ । यस्तै, गत वर्ष ५५ रुपैयाँ रहेको भन्टा लाम्चोको मूल्य बढेर ९५ रुपैयाँ पुगेको छ भने गत वर्ष प्रतिकेजी ८५ रुपैयाँ रहेको भटमास कोसाको मूल्य बढेर १४५ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिकेजी ५५ रुपेैयाँ रहेको तितेकरेलाको मूल्य बढेर ७५ रुपैयाँ पुगेको छ । प्रतिकेजी ४५ रुपैयाँ रहेको पाकेको फर्सीको मूल्य पनि ६५ रुपैयाँ पुगेको छ । प्रतिकेजी ४८ रुपैयाँ रहेको प्याजको मूल्य बढेर ५५ रुपैयाँ पुगेको छ । ८५ रुपैयाँ रहेको बोडी मूल्य बढेर ९५ पुगेको छ ।

प्रतिकेजी १२० रुपैयाँ रहेको मस्याङ दालको मूल्य बढेर किलोमा एक सय ३० रुपैयाँ पुगेको छ । प्रतिकेजी ४५ रुपैयाँ रहेको आँटाको मूल्य बढेर ५५ रुपैयाँ पुगेको छ । प्रतिकेजी चिनीमा पाँच रुपैयाँ बढेर ८५ रुपैयाँ पुगेको छ । प्रतिकेजी १३० रुपैयाँ रहेको बासमति चामलको मूल्य किलोमा १० रुपैयाँ बढेर १४० रुपैयाँ पुगेको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले तरकारीको विषादी परीक्षण सुरु गरेसँगै बजारमा तरकारीको मूल्यवृद्धि भएको बताए । आपूर्तिमा देखिने समस्या, करका दर वृद्धि, आन्तरिक उत्पादनमा कमी आउनुले पनि बजारमा मूल्य बढ्न गएको उनको भनाइ छ ।
“विभागसँग भएको जनशक्तिअनुसार बजार अनुगमन गरेका छौं,” महानिर्देशक गौचनले भने, “ जनशक्ति कम हुँदा प्रभावकारी रूपमा अनुगमन गर्न सकिएको छैन ।” बिचौलिया र व्यवसायीले वस्तुको अभाव सिर्जना गरी थप मूल्य बढाउने, कार्टेलिङ तथा सिन्डिकेट गरिरहेको उनको भनाइ छ ।, समाचार कारोवार दैनिकमा प्रकाशित छ ।