१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

अन्तरजातीय विवाहले ‘सामाजिक बहिष्कार’

अन्तरजातीय विवाहले ‘सामाजिक बहिष्कार’
अ+ अ-

धनकुटा । ‘दलित’ सँग विवाह गरेको भन्दै आफ्नै बाबुको मृत्यु हुँदा साहित्यकार तथा कलाकार मुकुन्द सुवेदी ‘प्रयास’ सामाजिक बहिष्कारमा परेका छन् । पाख्रिबास नगरपालिका ७ थाक्ले टोलका ८४ वर्षीय यज्ञप्रसाद सुवेदीको चार दिन पहिले निधन भयो । चार छोरामध्ये कान्छा प्रयासबाहेक अन्यले पुर्ख्यौली थलोमा नै काजकिरिया गर्दै आएका छन् ।

तर समाजले अस्वीकार गरेको भन्दै प्रयासलाई दाजु–भाउजू तथा आफन्तजनले घरमा जान बन्देज गरेपछि उनी एक्लै सदरमुकाममा बस्दै आएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रयासका दाजु तथा भाउजूले समेत घरमा बन्देज गरेका छन् । उनका माइला दाजु दुर्गाप्रसाद र भाउजू मातृका दुवै पार्टीको जिम्मेवार पदमा कार्यरत छन् । जेठा दाजु गोविन्द नेकपाका स्थानीय नेता हुन् ।

यसअघि पार्टीले आयोजना गरेको सहभोज र सामाजिक कुरीति हटाउने अभियानमा सक्रिय दाजु–भाउजूले समाजले नरुचाएको काम गरेकाले घरमा आउन बन्देज गरेको प्रयासले बताए । साहिँला दाजु चन्द्रमणि स्थानीय शिवालय मन्दिरका पुजारी हुन् । इष्टमित्र आफन्तजनले घरमा एकैसाथ काजकिरिया गर्न नदिने भनेपछि बन्देज गर्नुपरेको दाजु दुर्गाप्रसादले बताए ।

‘सबै आफन्त र समाजले उसलाई घरमा बोलाए नआउने भनेपछि बाध्य भएर काजकिरियामा सामेल नगराइएको हो,’ उनले भने, ‘आफूले मात्र सकारात्मक सोचेर नहुने रहेछ ।’ ०५३ मा स्थानीय मैया रसाइलीसँग प्रेमविवाह गरेका प्रयास स्थापित कवि तथा कलाकार हुन् ।

विवाहपछि परिवारले २०६१ सालमा घर भित्र्याएका थिए । रकभा आर्ट कला केन्द्रका सञ्चालक उनी डेढ दशकदेखि सदरमुकाम बस्दै आएका छन् । घर जाँदा बाबुआमा तथा परिवारसाथ एउटै भान्छामा खाना खाने तथा दसैंमा सामूहिक टीका लगाउनेदेखि अन्य धार्मिक क्रियाकलापमा एकैसाथ सहभागी हुँदै आएका थिए ।

तर बाबुको निधनपछि अकस्मात् बहिष्कारमा परेको भन्दै उनले आफूमाथि अन्याय गरिएको बताए । ‘एकातर्फ बुवाको निधनले शोकमा डुबाएको छ,’ उनले भने, ‘अर्कोतर्फ घरपरिवार र समाजले बहिष्कार गरेकाले असाध्यै अन्यायमा परेको महसुस भएको छ ।’ एकै ठाउँमा काजकिरिया गर्न पाउनुपर्नेमा बहिष्कारगरिएको उनले बताए ।

बुवा बितेको खबर छिमेकी भूपेन्द्र थापाले जानकारी दिए । थापाले ‘तिमी घर नआउ भन्ने समाजले निर्णय गरेको छ’ भन्दै प्रयासलाई खबर गरेका थिए । दाहसंस्कारका क्रममा मूलघाटस्थित तमोर नदीमा पुग्दा दाजुहरू तथा आफन्तजनले उपेक्षा गरेको उनले बताए । ‘मसँग कोही बोलेनन्,’ उनले भने, ‘तीन दाजुले दागबत्ती दिएको टुलुटुल हेर्नुबाहेक केही गर्न सकिनँ ।’

अरूको विभेद र अन्यायबारे आवाज उठाउँदै आएपछि आफैं सामाजिक बहिष्कारको सिकार हुनुपरेकामा चरम पीडा भएको उनी बताउँछन् । प्रयास पत्नी मैया धनकुटा ९ गुठीटारस्थित थानी आधारभूत विद्यालयकी शिक्षिका हुन् ।

वर्षौंसम्म घरपरिवारसाथ सामूहिक रूपमा बिताउँदै आए पनि पछिल्लो समय गरिएको बहिष्कारले अझै समाज कुन स्थानमा छ भन्ने स्पष्ट भएको मैयाले बताइन् । आफूहरूमाथि गरिएको बहिष्कारप्रति कानुनी उपचारका लागि जाने प्रयास तथा मैयाले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।