१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले काँग्रेसको अधिवेशनलाई फरक बनायो’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले ओलीबेशन र अधिवेशनको फरक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनु भएको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोईरालाले आयोजना गर्नुभएको प्रतिनिधिहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै नेता थापाले ओलीबेशन र अधिवेशनको फरक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनु भएको हो । उहाँले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर काँग्रेसको अधिवेशनमा स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने बताउनु भयो । नेता थापाले सभापति देउवाले अब नेपाली काँग्रेस पार्टीलाई गुटरहीत बनाएर सही दिशा दिनुपर्ने बताउनु भयो ।

नेता थापाले भन्नुभयो, ‘निर्वाचनको बेलामा हिजो करिव करिव सम्माननीय प्रधानमन्त्री ज्यू निर्वाचनको प्रारम्भबाट अन्तिम मत हाल्ने बेलासम्म त्यस्तो चिसो स्याँठ चलेको बेलामा पहिला कोट, कोटमाथि ओभरकोट थपेर भएपनि ५ घण्टा लाइन लागेर बस्नुभयो । एउटा एउटा मतदातालाई हात जोड्नुभयो । सेल्फी खिच्नुभयो । बसिराखेको ठाउँबाट एउटा मतदाता आयो कि जुरुक्क उठ्नुभयो । म पनि यता सँगै बसेर डा. शेखर कोईरालालाई मत मागिरहेको थिएँ । मेरो मनभित्र त्यो बेलामा २ वटा कुराहरु खेलिरहेको थियो । उहाँको मनभित्र डर चाहीँ रहेछ । कतै दोस्रो चरणमा चिप्लिने हो कि भन्ने । त्यसैले एकजना मतदाता पनि छोड्नुभएन । सँगै अर्को पनि सोचेँ । यस्तै अधिवेशन केही समयअघि नारायणीको किनारमा पनि भएको थियो । पूर्वप्रधानमन्त्री त्यो बेलामा शानले एउटा रिसोर्टमा बस्नुभएको थियो । अरु सबै नारायणी किनारमा घाममा सेकिएर बसेका थिए । कतिखेर निस्कनुभयो, बगलीबाट एउटा लिस्ट निकाल्नुभयो पढ्नुभयो, सुनाइदिनुभयो  अधिवेशन सकियो । तर हाम्रो अधिवेशनको फरक बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुप¥यो । हात जोड्नुप¥यो, मत माग्नुप¥यो । त्यो मैले भन्ने गरेको ओलीवेशन र अधिवेशनको फरक यही नै हो ।’

नेता थापाले अब पार्टीका नेताहरु सबैको सभापति शेरबहादुर देउवा भएको बताउँदै पार्टीमा आफ्नो सम्बन्ध संघर्ष र सहकार्यको हुने बताउनु भयो । उहाँले पार्टी सभापतिको कुनै गुट नहुने भन्दै नवनिर्वाचित सभापति देउवालाई सोही अनुसार अघि बढन आग्रह गर्नु भयो ।