१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

नक्कली आमा बन्‍ने सपना चक्नाचुर

नक्कली आमा बन्‍ने सपना चक्नाचुर
अ+ अ-

काठमाडौं । अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ। जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ छ।

अध्यागमन विभागको अनुसन्धानपछि गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजाने स्मिथले गरेको प्रयास विफल भएको हो। नेपालस्थित बेलायती दूतावासले स्मिथकै छोरी भन्दै ती शिशुको राहदानी (नम्बर ७९२१५९३१४) बनाइदिएको छ। दूतावासले हचुवाका भरमा नेपाली शिशुको राहदानी बनाइदिएपछि उसको भूमिकासमेत शंकास्पद देखिएको अधिकारीहरूले बताए। आवश्यक कागजपत्रै नभई दूतावासले राहदानी बनाइदिएको पाइएको छ।

दूतावासले साउन २७ गतेसम्म ती शिशुलाई बेलायत भित्र्याइसक्नुपर्ने ‘इमरजेन्सी’ राहदानी बनाइदिएको थियो। अनुसन्धान सुरु भइसकेकाले स्मिथले उनलाई तोकिएको मितिमा बेलायत लैजान सकिनन्। त्यसपछि पुनः बेलायती दूतावासले ती शिशुको अर्को राहदानी बनाइदियो। स्रोतका अनुसार दुवै राहदानीमा ती शिशुको नाम भिन्न छ। ती शिशु कसको हो भन्ने खुलेको छैन। स्मिथले ती शिशुलाई आफैँले जन्म दिएको जिकिर गर्दै आएकी थिइन्। उनले हठ नछाडेपछि अध्यागमन विभागले उनको स्वास्थ्य परीक्षण गर्ने निर्णय गर्‍यो।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले ती शिशुलाई स्मिथले जन्माएको कुनै आधार नभेटिएको बताए। पौडेलले भने, ‘हामीले स्मिथको स्वास्थ्य परीक्षण गर्‍यौं। मेडिकल रिपोर्टले नै स्मिथको दाबी गलत साबित गरिदियो।’

विभागले उनलाई परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्वास्थ्य उपचारका लागि पठाएको थियो। सुरुमा आफ्नो स्वास्थ्य परीक्षण गर्न उनले इन्कार गर्दै आएकी थिइन्। अनुसन्धानका क्रममा सहयोग नगरे अप्ठ्यारो पर्न सक्ने विभागको चेतावनीपछि स्मिथ स्वास्थ्य परीक्षण गर्न राजी भएकी थिइन्।

स्वास्थ्य परीक्षणका क्रममा स्मिथ ती शिशुको आमा नभएको पुष्टि भएको थियो। त्यसपछि गैरकानुनी ढंगले ती शिशुलाई बेलायत लैजान खाजेको भन्दै अध्यागमन विभागले स्मिथलाई पक्राउ गरेको थियो। बेलायती दूतावासले स्मिथमाथि अनुसन्धान गरेको थाहा पाएपछि उनलाई सहयोग गरिदिन भन्दै विभागमा पत्र पठाएको थियो। अनुसन्धानका क्रममा स्मिथको गम्भीर त्रुटि भेटेपछि उनलाई पक्राउ गरी विभागले थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ। प्रहरीले स्मिथविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरेको छ।

‘स्मिथलाई हामीले प्रहरीको जिम्मा लगाएको छौं,’ महानिर्देशक पौडेलले भने। प्रहरीसँगको प्रारम्भिक अनुसन्धानका क्रममा स्मिथले ती शिशु आफ्नी छोरी नभएको स्विकारेको स्रोतले बतायो। यद्यपि स्मिथमाथि प्रहरी अनुसन्धान जारी छ।

स्मिथले महालक्ष्मी नगरपालिकाका रामप्रसाद श्रेष्ठको घरमा ती शिशु जन्माएको भनेकी छिन्। स्मिथले सोही दिन ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा गएर शिशुसहितको स्वास्थ्य परीक्षण गराएकी थिइन्। नगरपालिकाले दिएको जन्म दर्तामा उनै रामप्रसाद श्रेष्ठ ती शिशुको बाबु भएको उल्येख छ। तर स्मिथ र श्रेष्ठ साँच्चिकै पतिपत्नी हुन् भन्नेमा शंका छ। स्मिथ असार १६ गते पहिलोपटक नेपाल आएकी थिइन्। एक साता नेपाल बसेर फर्किएकी उनी पुनः साउन ११ गते आएकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ ले ती शिशुको जन्मदर्ता गरिदिएको छ। जन्मदर्ता प्रमाणपत्रमा आमाको नाम स्मिथ छ। वडाध्यक्ष वासुदेव महर्जनले आफूले नदिने भन्दाभन्दै आफू नभएका बेला सचिवले जन्मदर्ता प्रमाणपत्र दिएको बताएका छन्।

वडा सचिव हितलाल श्रेष्ठले आफूले जन्मदर्ताको प्रमाणपत्र दिनुअघि नै स्मिथले शिशुको राहदानी देखाएपछि सोही आधारमा जन्मदर्ता गरिदिएको बताए। तर स्मिथ र रामप्रसाद श्रेष्ठको विवाह दर्ता छैन। राहदानी बनाउन जन्मदर्तालगायतका आवश्यक कागजपत्र अनिवार्य हुन्छ।

स्रोतका अनुसार महालक्ष्मी नगरपालिका–६ का वडाध्यक्ष र बेलायती महिला स्मिथका नेपाली सहयोगीको संलग्नतामा गैरकानुनी ढंगबाट ती शिशुको जन्म दर्ता भएको हो। महालक्ष्मी नगरपालिकाकाले के प्रमाणको आधारमा अर्कैको बच्चालाई बेलायती महिलाले जन्माएको भनेर जन्म दर्ता गर्‍यो अनुसन्धानको विषय बनेको छ।

केही महिनाअघि नेपालस्थित दक्षिण कोरियाली दूतावासले पोखराका एक बालकको राहदानी बनाइदिएको थियो। कोरियाली दूतावासले आवश्यक अनुसन्धानबिनै ती बालकको राहदानी बनाइदिएको थियो। अध्यागमन विभागले ती बालकलाई दक्षिण कोरिया लैजान रोकेको थियो।

अवैध ढंगले शिशु ओसारपसार गर्ने गिरोहले नेपालस्थित विभिन्न दूतावासलाई विवादमा ल्याउन थालेका छन्। पछिल्लोपटक स्मिथले बेलायती दूतावासलाई विवादमा तानेकी छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।