१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

चीनबाट कच्चा पदार्थ ल्याए औषधि ४० प्रतिशत सस्तो

चीनबाट कच्चा पदार्थ ल्याए औषधि ४० प्रतिशत सस्तो
अ+ अ-

काठमाडौँ । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरूले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधिको कच्चा पदार्थ भारतबाट आउँछ ।

नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको छ । सबभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि बढी खपत हुन्छ ।

‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ,’ नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने, ‘कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौं । चीनबाट सिधा ल्याउन सके औषधि अत्यधिक सस्तो हुनेछ ।’

उनका अनुसार भारतको औषधि उद्योगसमेत ८७ प्रतिशत चीनकै कच्चा पदार्थमा निर्भर छन् । चीन ठूलो मात्रामा औषधिको कच्चा पदार्थ निर्यात गर्ने मुलुक हो । ‘चीनले थुप्रै मात्रामा औषधिको कच्चा पदार्थ भारतलाई निर्यात गर्छ,’ नेपाल फार्मेसी काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईंले भने, ‘औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थको व्यवसाय गर्ने भारतमा छन्, नेपालमा छैनन् ।’

उनका अनुसार हाल मुलुकमा अधिकांश औषधि उद्योगले भारतबाट कच्चा पदार्थ ल्याउँछन् । क्यान्सरलगायत रोगका नयाँखाले औषधि पनि चीनबाट भारत जान्छ र नेपालले भारतबाट किनेर ल्याउँछ । दाहालका अनुसार चीनबाटै सिधै ल्याउन सके क्यान्सरलगायत रोगका औषधिको मूल्य पनि ४० प्रतिशत कम पर्नेछ ।

विज्ञहरूका अनुसार चीनबाट औषधि र कच्चा पदार्थ सोझै ल्याउन नसक्नुको कारण ‘सहज पहुँच’ नहुनु हो । ‘भारतमा हाम्रो
भाषा मिल्छ, सहज पहुँच छ । आज चाहियो भनेर फोन गरिदियो, उधारोमै भोलिपठाइदिन्छ,’ दाहालले भने ।

‘तर चीनसँग त्यस्तोखाले सम्बन्ध र पहुँच बनिसकेको छैन । चीनबाट २० किलो कच्चा पदार्थ ल्याउन एलसी खोल्नुपर्‍यो, अनेक प्रक्रिया पूरा गर्नुपर्‍यो,’ उनलेभने । भाषासमेत प्रमुख समस्या देखिएको छ । ‘भाषा बुझिँदैन । कच्चा पदार्थ कसले दिन्छ, के दिन्छ आदि अन्योल छन् । चीनका उत्पादकले पहिले चिठी पठाऊ भन्छन्, पछि माल पठाउने कुरा गर्छन्, प्रक्रिया नै झन्झटिलो छ,’ उनले भने ।

‘सरकारको औषधि व्यवस्था विभाग (डीडीए) ले एक पटक २३ वटा कम्पनी भ्रमण गरे । भियतनाम र युक्रेनका कम्पनीसम्म पुगे । तर चीनको कम्पनी हेर्न कहिल्यै जाँदैनन्,’ केही औषधि उद्योगीले गुनासो गरे । त्यहाँ नजानु पछाडि डीडीएका पदाधिकारीले अनौपचारिक रूपमा ‘चीनका कम्पनी डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) जीएमपी (गुड म्यानुफेक्चरिङ प्राक्टिस) सर्टिफाइड छैनन्’ भन्ने गरेको दाबी गर्दै एक नेपाली औषधि उत्पादकले भने, ‘तर चाइनिज जीएमपीलाई उनीहरू डब्लूएचओभन्दा राम्रो दाबी गर्छन् ।’

डीडीएले एक/दुई पटक गएर चीनका औषधि कम्पनीको भ्रमण गरे पनि केही वर्षयता वास्ता गर्न छाडिएको उनले उल्लेख गरे । ‘चीनको एउटा कम्पनीले औषधि बनाएर हल्यान्डलाई दिन्छ, त्यही औषधि नेपालमा आएर बिक्री भइरहेको छ,’ दाहाल भन्छन, ‘त्यही कम्पनीको औषधि ल्याउँछु भन्दासमेत उहाँहरू (डीडीएका पदाधिकारी) कम्पनी भिजिट गर्न जान मान्नु हुन्न ।’ ‘चीनमै उत्पादित औषधि छुट्टै पाटो होला तर कच्चा पदार्थको हकमा हामीले अवरोध गरेका छैनौं,’ डीडीएका महानिर्देशक पानबहादुर क्षेत्रीले भने, ‘कच्चा पदार्थ मागको सिफारिस पत्रमा सबै मुलुक लेखेका छौं । चीनबाट कच्चा पदार्थ ल्याउँदा उत्पादन लागत कम हुन्छ, तर ४/५ सय किलो कच्चा पदार्थ चीनको चाहना होइन ।’

नेपाली औषधि उत्पादकहरू कुनै पनि मुलुकबाट कच्चा पदार्थ ल्याउन स्वतन्त्र रहेको उनले बताए । फर्मासिस्ट हुमागाईंका अनुसार सरकारले आफ्नो एजेन्सी वा अन्य कुनै भरपर्दो संस्थासँग समन्वय गरेर कच्चा पदार्थ सुपथ मूल्यमा ल्याएर औषधि उद्योगलाई उपलब्ध गराउन सक्छ । यसले गुणस्तर सुनिश्चिततासमेत हुन्छ ।

नेपालको औषधि बजारमा भारतीय उत्पादन करिब ५२ प्रतिशत, नेपाली उत्पादन ४५ प्रतिशत र अन्य देशका उत्पादन ३ प्रतिशत छ । नेपाली औषधि उद्योगले ७५० देखि ८०० प्रकारका औषधि उत्पादन गर्छन् । हाल ५६ वटा एलोपैथिक उद्योगले औषधि उत्पादन गरिरहेका छन् भने २५ वटा पाइप लाइनमा छन् । मुलुकको औषधि उद्योगबाट करिब १५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।