६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमारलाई भित्र्याउने बार्सिलोना र रियलको प्रस्ताव अस्विकृत



अ+ अ-

काठमाडौं । स्पेनिस महारथी फुटबल क्लबद्वय बार्सिलोना र रियल म्याड्रिडले ब्राजिलियन फरवार्ड नेइमारलाई भित्र्याउन गरेको प्रस्तावलाई फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अस्विकार गरेको छ।

नेइमारलाई भित्र्याउन बार्सिलोनाले १०० मिलियन युरो र फिलिप काउन्टिन्हो दिने प्रस्ताव गरेको थियो। काउन्टिन्होको सट्टा इभान राकिटिकलाई पिएसजी पठाउने प्रस्ताव गरिएको बताइएको थियो।

रियल म्याड्रिडले रकमसहित गारेथ बेल र जेम्स रोद्रिगेज पिएसजी पठाउने प्रस्ताव गरेको थियो।

तर दुवै क्लबको प्रस्तावलाई पिएसजले अस्विकार गरेको छ। यद्यपी रियलको प्रस्तावमा पिएसजीले छलफल गरिरहेको बताइएको छ भने थप एक खेलाडी माग गरेको छ।

सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा पिएसजीमा आबद्ध भएर नेइमार विश्वकै महँगा खेलाडी बनेका थिए।

नेइरमाले पिएसजीबाट २ सिजन खेल्दा ३४ लिग गोल गरेका छन्। तर उनी दुवै सिजनमा घाइते भएका थिए।

पछिल्लो समय नेइमार पिएसजीमा खुसी छैनन्। उनी क्लबको प्रिसिजन अभ्यासमा उपस्थित भएका थिएनन्। फ्रेञ्च क्लबको पहिलो खेल नेइमार खेलेका थिएनन्। सो खेलमा पिएसजीका फ्यानले नेइमारको विरोध गर्दै ‘गो अवे’ लेखिएको ब्यानर देखाएका थिए।