२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने

बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे

बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे
अ अ+ अ-

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको उत्तरी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् भने चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरका करिब ३५ घर बगेका छन्।

बाढीले जिल्लाका विभिन्न स्थानमा रहेका सडक तथा आवागमनसँग सम्बन्धित संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुईवटा मोटरेबल पुलसहित कुल छवटा पुल बगाएको छ।

बाढीका कारण आरुघाट–धादिङको त्रिपुरासुन्दरी जोड्ने पुल र आरुघाटको सोती–मान्बु जोड्ने पक्की पुल बगेका छन्। धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजमा समेत बाढीले क्षति पुर्‍याएको छ।

त्यस्तै, माछिखोला–केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्‍याङ–जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरका बस्तीमा बढी क्षति पुर्‍याएको छ। ती दुई स्थानका करिब ३५ घर बाढीले बगाएको स्थानीय प्रशासनले जनाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत बाढीले घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा बाढीको अवस्था र क्षतिको विवरण संकलन तथा खोज तथा उद्धारको काम भइरहेको छ।

ठूला तथा झोलुङ्गे पुलहरू बगाएपछि उत्तरी गोरखाका विभिन्न बस्तीबीचको आवागमन प्रभावित भएको छ। सडक तथा पुलमा भएको क्षतिका कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको छ।

बूढीगण्डकीको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ।