काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष पदको शपथ लिनुभएको छ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा भण्डारीले वरिष्ठ उपाध्यक्ष पदको शपथ लिनुभएको हो। पार्टीको नेतृत्व तहमा फर्किएसँगै उहाँले औपचारिक रूपमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो।
भण्डारीको शपथ ग्रहण कार्यक्रममा एमालेका अध्यक्षसहित पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य तथा अन्य नेताहरूको उपस्थिति रहेको थियो।