काठमाडौं । मकवानपुरको ऐतिहासिक चिसापानीगढीमा आज सरसफाइ गरिनुका साथै त्यहाँ राखिएको झन्डा फेरिएको छ ।
सुपारीटार ब्यारेकले प्रत्येक वर्ष गर्दै आएको कार्यक्रमअन्तर्गत गढी परिसरमा सरसफाइ गर्नुका साथै झन्डा परिवर्तन गरेको हो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, नेपाली सेनाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
प्रजिअ अधिकारीले भीमफेदी गाउँपालिकाका तर्फबाट यहाँको संरक्षणमा देखाइएको सकृयताको प्रशंसा गर्नुभयो । ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण र सम्वर्द्धनमा पुरातत्व विभागले थप ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गढीको ऐतिहासिक महत्वलाई उजागर गर्दै यसको मौलिक स्वरूप संरक्षण, नियमित सरसफाइ तथा आवश्यक पूर्वाधार विकासमा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।








