२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने

जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने

जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने
अ अ+ अ-

जनकपुरधाम । नेपालीहरूको महान् चाड विजयादशमी नजिकिएसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा दशैँको तयारी तीव्र पारिएको छ ।

जनकपुरधामका प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजाअर्चना गर्ने तयारी भइरहेको छ । यसवर्षको दशैँलाई विशेष बनाउन स्थानीय युवा क्लबहरू सक्रिय रूपमा जुटेका छन् ।

राजा जनककी कुलदेवीका रूपमा प्रसिद्ध राजदेवी मन्दिर परिसरमा पूजाको व्यवस्थापनका लागि महावीर युवा कमिटीले १६ वटा विभिन्न समिति तथा उपसमिति गठन गरी काम गरिरहेको छ । कमिटीका अध्यक्ष दीपककुमार साहका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यसवर्ष दशैँलाई थप भव्य र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

राजदेवी मन्दिर परिसरमा आकर्षक पण्डाल निर्माण तथा विद्युतीय सजावटको काम अन्तिम चरणमा पुगेको छ । पूजास्थलको व्यवस्थापन, श्रद्धालुको सहज आवागमन तथा अन्य आवश्यक तयारीलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ ।

त्यस्तै, राम युवा कमिटीले बौद्धी माता र अमरखाना माइ मन्दिरमा पूजाको तयारी थालेको छ । कमिटीका अध्यक्ष विजय साहले धार्मिक अनुष्ठानसँगै दशैँलाई व्यवस्थित बनाउन सरसफाइ तथा व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो ।

जनकपुरधामका राजदेवी र राम मन्दिरमा मात्रै नभई विद्यापति चोक, भ्रमरपुरा चोक, पिडडिया माइस्थान, रजौललगायतका स्थानमा समेत स्थानीय युवा क्लबहरूले दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाको तयारी गरिरहेका छन् ।

दशैँलाई लक्षित गर्दै मन्दिर तथा पूजा स्थलहरूमा रंगीचंगी बत्ती र कलात्मक पण्डाल निर्माणको काम भइरहेकाले जनकपुरधाममा चाडपर्वको उत्साहपूर्ण वातावरण देखिन थालेको छ । स्थानीय युवा क्लब तथा समितिहरूले पूजालाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारीलाई तीव्रता दिएका छन् ।