९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता: झरी



अ+ अ-


एक नासको झरीको आवाज
कानैमा आइरहेछ ।
बाटामा साढेँहरु यताउता दगुर्दैैछन्।
पल्लो घरको छानाको काग निर्थुक्क भिजेको छ ।
छिमेकीको कुकुर मालीक्नीको अघि पछि गर्दैछ ।
आमाले छाडेर गएको बच्चा रोईरहेको सुनिन्छ ।

यस वर्षको झरीले बाटो विगार्यो
बाटोले गाडी विगार्यो ।
अनि गाडीलेचालक बिगार्यो ।
सबैले झरीलाई दोष दिए ।
मान्छे पनि झरीले मार्दो रहेछ ।

बजारमा झरी नपरे पनि
सबै मान्छे भिजेकै देख्छु ।
अत्यास लाग्दा मान्छेहरु ,
घिन लागेर आउँछ ।


कोही भोकले भिजेका छन ।
कोही शोकले भिजेका छन ।

This image has an empty alt attribute; its file name is 68894345_2422343011422898_8195222562012135424_n.png
देवी प्याकुरेल
रामधुनी ६, सुनसरी, हाल दाङ्ग


कोही शहरको तापले भिजेका छन ।
कोही मनको रापले भिजेका छन ।

एउटा कुनामा रहेको भट्टीमा
सदा भन्दा आज धेरै भिडभाड देखिन्छ
मान्छेहरु झरी परेर आएका हुन कि
मान्छेहरु आएर झरी परेको हो
साहु आफै भिजेको छ ।


टाउको गनेर आजको बहिखाता बन्द गर्दैछ
बाहिर तिर हेरेर प्रफुल्ल हुँदै
आकास तिर हेरेर
झरीलाई ढोग्दछ ।
मख्ख पर्दछ
आजको झरीको व्यपार देखेर ।