२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता: झरी



अ+ अ-


एक नासको झरीको आवाज
कानैमा आइरहेछ ।
बाटामा साढेँहरु यताउता दगुर्दैैछन्।
पल्लो घरको छानाको काग निर्थुक्क भिजेको छ ।
छिमेकीको कुकुर मालीक्नीको अघि पछि गर्दैछ ।
आमाले छाडेर गएको बच्चा रोईरहेको सुनिन्छ ।

यस वर्षको झरीले बाटो विगार्यो
बाटोले गाडी विगार्यो ।
अनि गाडीलेचालक बिगार्यो ।
सबैले झरीलाई दोष दिए ।
मान्छे पनि झरीले मार्दो रहेछ ।

बजारमा झरी नपरे पनि
सबै मान्छे भिजेकै देख्छु ।
अत्यास लाग्दा मान्छेहरु ,
घिन लागेर आउँछ ।


कोही भोकले भिजेका छन ।
कोही शोकले भिजेका छन ।

This image has an empty alt attribute; its file name is 68894345_2422343011422898_8195222562012135424_n.png
देवी प्याकुरेल
रामधुनी ६, सुनसरी, हाल दाङ्ग


कोही शहरको तापले भिजेका छन ।
कोही मनको रापले भिजेका छन ।

एउटा कुनामा रहेको भट्टीमा
सदा भन्दा आज धेरै भिडभाड देखिन्छ
मान्छेहरु झरी परेर आएका हुन कि
मान्छेहरु आएर झरी परेको हो
साहु आफै भिजेको छ ।


टाउको गनेर आजको बहिखाता बन्द गर्दैछ
बाहिर तिर हेरेर प्रफुल्ल हुँदै
आकास तिर हेरेर
झरीलाई ढोग्दछ ।
मख्ख पर्दछ
आजको झरीको व्यपार देखेर ।