काठमाडौं । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले पार्टीको सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
पार्टीको जारी महाधिवेशनअन्तर्गत उहाँले सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । कँडेलले पार्टीलाई थप सुदृढ, व्यवस्थित र समावेशी बनाउँदै संगठनलाई जनतासँग जोडेर अघि बढाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताउनुभएको छ ।